|
|
सिन्धुपाल्चोक — भाद्र ४, २०७७।
जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबार बिहानसम्म २८ जनाको शव भेटिएको छ । लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव भेटिएको हो ।
आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । यसअघि २४ जनाको शव भेटिएको थियो ।
बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।
पहिरोमा परी घाइते भएका ५ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
गत साउन ३० गते बस्तीमाथिबाट आएको पहिरोले १३ घर पूर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुऱ्याएको थियो ।
लिदी पहिरोमा मृत्यु हुने २८ जना
- ३६ वर्षीया टिकामाया दोङ
- १४ वर्षीय छिरिङ दोङ
- ८० वर्षीय जिते झाक्री,
- ८ वर्षीय मिलन दोङ
- ८ वर्षीय सानू दोङ
- ७० वर्षीय जयबहादुर दोङ
- ३० वर्षीया दावाल्हामु दोङ
- ५ वर्षीया प्रिती दोङ
- ५ महिनाकी कान्छी दोङ
- ३४ वर्षीया धनमाया दोङ
- ४ महिनाका रेमिश दोङ
- १६ वर्षीय माइला पराङ दोङ
- ३७ वर्षीय मेकमाई दोङ
- १९ वर्षीया च्यामा दोङ
- ७ वर्षीया विमला दोङ
- ७ महिनाका कबिर दोङ
- ११ वर्षीया लक्ष्मी दोङ
- १२ वर्षीय हिन्दुस दोङ
- ३० वर्षीय मानबहादुर दोङ
- २२ वर्षीय छविलाल दोङ (अजय)
- ६ वर्षीय सुमन दोङ
- १० वर्षीय सुरज दोङ
- ७२ वर्षीया शिरमाई दोङ
- ८७ वर्षीया धनलक्ष्मी दोङ
- ४ वर्षीय सोनाम दोङ
- ४२ वर्षीय विविरानी दोङ
- ५ वर्षीय सानुकान्छा दोङ
- १८ वर्षीया ललिता दोङ
(कान्तिपुर दैनिक)

