गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा निर्देशक खरेल मनोनयन

News Desk 1


|
|


काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ ।

लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय खरेल यस अघि गोरर्खा पोलबे्रकर्स क्लवमा समेत आवद्ध रहेका थिए पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट संघको मान्यता पाएपछि गोरखा पोलब्रेकर्स संघ नेपालको रुपमा चर्चामा हरेको छ, हालै खरेल र कार्कीलाई संघको विशेष बैठकले केन्द्रिय सदस्यमा मनोनयन गरेको अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

हालै मनोनय गरिएका खरेल र कार्कीले पक्कै पनि  संघको हितमा काम गर्ने र यसलाई अझै अन्तराष्ट्रिय स्तरमा लैजानेमा संघ विश्वस्त रहेको समेत बताएको छ ।