१७ औं संस्करणको डी सिने अवार्ड सम्पन्न

PNA


|
|


काठमाण्डौ - छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुँदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको यस किसिमको अवार्डले सम्पुर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन् ।

१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो ।  यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।

कार्यक्रममा सेलेक्सन कमिटि जुरीलाई पनि सम्मान प्रदान गरिएको थियो । सेलेक्सन कमितिका जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैल, निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए ।

अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।

२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए । १७ औं डी सिने अवार्डमा विजेताहरु यस प्रकार रहेका छन् ।

उत्कृष्ट चलचित्र : अञ्जीला (मुन लभ इन्टरटेनमेन्ट प्रा. लि)

उत्कृष्ट निर्देशक :  मिलन चाम्स  (अञ्जीला)

उत्कृष्ट अभिनेता : विजय बराल (पूर्ण बहादुरको सारङ्गी)

उत्कृष्ट अभिनेत्री : स्वास्तिमा खड्का (बेहुली फ्रम मेघौली)

उत्कृष्ट सह-अभिनेता : जीतु नेपाल (कार्साङ)

उत्कृष्ट सह-अभिनेत्री : ऋचा घिमिरे (तेल भिसा)

उत्कृष्ट चरित्र अभिनय : राजबल्लभ कोइराला  (एक्टर टेक वान)

उत्कृष्ट नवनिर्देशक : चन्द्र पन्त (ह्रस्व दीर्घ)

उत्कृष्ट लेखन : लक्ष्मण सुवेदी (सतिदेवी)

उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान  (पिताम्बर)

उत्कृष्ट सम्पादक : वन्दे प्रसाद  (पिताम्बर)

उत्कृष्ट गीतकार : सुरेन्द्र राना  (रुकुम मैकोट – खुश्मा)

उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल (कसम बत्तिको – ज्वाइँ साब)

उत्कृष्ट गायक : सविन सुवेदी  (बिहे भाको छैन -छक्का पञ्जा ५)

उत्कृष्ट गायिका : बेनीशा पौडेल (बिहे भाको छैन -छक्का पञ्जा ५)

उत्कृष्ट द्वन्द्व निर्देशक : अष्ट महर्जन (एक्टर टेक वान)

उत्कृष्ट नृत्य निर्देशक : रामजी लामीछाने  (जुनिजुनि भरिलाई -दुखी आत्मा)

उत्कृष्ट जुरी अवार्ड : कृषा चौलागाई  (पिताम्बर)

उत्कृष्ट डायोस्पोरा चलचित्र : शंकर घिमिरे (तेलभिसा)