कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा हुनेछन् ।कोरोना महामारीका कारण यतिखेर करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन् । अर्थविद्हरुले संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४.८ प्रतिशतमा सीमित भएको छ ।यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ ।
अलजजिराबाट Title photo: https://www.aljazeera.com
काठमाडौँ – कोराना संकटको बेला गोकर्णेश्वर नगरपालिका–८ को पहलमा लकडाउन प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, तथा विपन्न परिवारका बालबालिकालाई गोकर्णेश्वर ८ निवासी काठमाडौँ क्षेत्र नम्बर ३ का जिल्ला सदस्य तथा समाजसेवी भावना ठकुरी र उहाको छोरा उत्सव ठकुरीले खाजा स्वारुप बिस्कुट वितरण गर्नु भएको छ। विपन्न परिवारका बालबालिकालाई कोही भोकै बस्न नपरोस् भनेर खाजा स्वारुप बिस्कुट वितरण गरेको समाजसेवी ठकुरीले बताइन। वडा अध्यक्ष मनोजकुमार ढुंगानाको सक्रियतामा शुरु गरिएको उक्त अभियानमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी वडा सदस्यहरु नन्दलाल श्रेष्ठ, संन्नानी लामा डम्बर बहादुर श्रेष्ठ , सोबिता मिजार्को साथै बेशी गाउ युवा समूह, अत्तरखेल युवा समाज, डाँडा गाउ टोल सुधार समिति र मासिक सय अभियानका स्वयंसेवकहरुले खाना खुवाउने काममा सहयोगी भूमिका खेलेका थिए । लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला यो अभियान सराहनिय भएको वडा अध्यक्ष ढुंगानाले बताउनुभयो ।
उहाँले यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस अभियान झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क खाजाको प्रबन्ध गर्ने समाजसेवी श्री भावना ठकुरीज्युलाई धन्यवाद दिनु भएको छ ।
नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्।
वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए।
यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।
गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन्।
आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। जसमा १६ जना निको भएका छन्।
बिजनेस भिसामा बसेर चन्दा संकलन गरेको भन्दै अध्यागमन विभागले अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चको भिसा नथप्ने भएको छ।
विभागका महानिर्देशक रमेशकुमार केसीले मिसेलको भिसा नथपिने र लकडाउन सकिएको सात दिनभित्र नेपाल छाड्नुपर्ने बताएका छन्।
विभागले पूर्व महानिर्देशक ईश्वरराज पौडेलकै समयमा उक्त निर्णय गरेको हो।
'पहिलेकै निर्णय कार्यान्वयन हुन्छ, लकडाउन बेला जाऊ भन्न मिलेन,' केसीले सेतोपाटीसँग भने, 'लकडाउन खुलेको ७ दिनभित्र नेपाल छाड्नुपर्नेछ। त्यसपछि पनि गइनन् भने दिनको पाँच डलरका दरले जरिवाना तिराएर फिर्ता पठाउने छौं।'
महानिर्देशक केसी कास्कीको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर चैत १२ देखि अध्यागमन विभागमा हाजिर भएका थिए।
नेपालमा बिजनेस भिसामा बसेकी मिसेलले समाजसेवाका नाममा 'ग्लोबल फन्ड राइजिङ' वेबसाइट 'इन्डिगोगो' र उनी आफैंले चलाएको 'खातालाइफ' मार्फत् चन्दा संकलन गरेकी थिइन्। उनको भिसाको म्याद चैत मसान्तमा सकिएको अध्यागमन विभागले जनाएको छ।
अमेरिकाको कोलोराडो निवासी मिसेल सन् २०१३ मा पहिलोपटक नेपाल घुम्न आएकी थिइन्। भिजिट भिसामा आएकी उनी जब सगरमाथा आधार शिविर पदयात्रामा गइन्, उनले विश्वव्यापी चन्दा संकलन गर्ने वेबसाइट 'इन्डिगोगो' बाट ९ हजार डलर आह्वान गरिन्।
इन्डिगोगोका अनुसार यो आह्वानबाट ९ हजार २ सय २८ डलर संकलन भएको थियो।
उनले उक्त रकम 'सहरी युवाहरूका लागि सगरमाथा आधार शिविर कोष' मा लगाएको भनेकी छन्। यसबाट जोखिममा परेका विद्यार्थीलाई जागरुकता बढाउने भन्दै आधार शिविर जान आवश्यक सामग्री खरिद गर्ने उल्लेख गरेकी छन्।
इन्डिगोगोमै मिसेलले लेखेकी छन्, 'यो कोषको १० प्रतिशत रकमले मलाई सगरमाथा आधार शिविर जान सघाउँछ भने ८५ प्रतिशत रकम सिधै कार्यक्रम गरेर उनीहरूलाई सहयोग गर्छु।'
इन्डिगोगोले आफ्नो नीतिमा ५ प्रतिशत रकम आफैं राख्ने उल्लेख गरेको छ। यो रकम नेपाल भित्रिएको वा नभित्रिएको कसैलाई जानकारी छैन। उनले कुनै पनि सरकारी निकायमा यसको विवरण बुझाएकी छैनन्।
पर्यटक भिसामा आएर फर्किएपछि उनी २०१४ जुलाईमा स्वयंसेवी भिसामा आइन्। त्यति बेला पोखराको माटेपानी गुम्बामा बसिन्।
उनले फेरि इन्डिगोगोबाट ८ हजार डलर आवश्यक पर्ने भन्दै चन्दा आह्वान गरिन्। उनले 'सौर्य परियोजना माटेपानीलाई प्रकाश दिनुहोस्' भनेर चन्दा आह्वान गरेकी थिइन्, जसमा उनले लेखेकी छन्, 'नेपालमा प्रत्येक दिन १६ घन्टासम्म लोडसेडिङ हुन्छ। हामी कक्षाकोठा र स्थानीय गुम्बाका लागि बिजुली प्रदान गर्न सौर्य प्रणाली निर्माण गर्दैछौं।'
मिसेलले ८ हजार डलर आह्वान गरे पनि १० हजार ३२ डलर संकलन भएको इन्डिगोगोको वेबसाइटमा छ।
जब उनको स्वयंसेवी भिसा सकियो, उनी २०१६ मार्चमा रिसर्च भिसामा आइन्। उनले 'द काठमाडौं पोष्ट' सँग माटेपानी गुम्बामा स्वयंसेवा गर्दा पोखरामा भाषा तालिम सञ्चालन गर्ने ङावाङ गुरुङसँग भेट भएको र गुरुङसँगै मिलेर काम गर्न बिजनेस भिसा लिएको उल्लेख गरेकी छन्।
उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७४ चेत १४ गते 'लर्निङ हाउस प्रालि' दर्ता गरे। प्रबन्धपत्रमा कम्पनीको उद्देश्य व्यवस्थापन, करिअर सीप, कफी बनाउने बरिस्ता तालिम र भाषा तालिम सञ्चालन गर्ने भनिएको छ। कम्पनीको सेयर मिसेलको नाममा ५० हजार र उनका नेपाली साझेदार ङावाङ छिरिङ तमु (गुरुङ) को नाममा ५ हजार कित्ता छ।
नेपालमा वैदेशिक लगानी ल्याउने, कम्पनी खोलेर व्यवसाय सञ्चालन गर्न पाउने कानुनी प्रावधान टेकेर मिसेलले 'लर्निङ हाउस' खोलेकी थिइन्। उनले यो निजी व्यवसाय सञ्चालन गर्न पनि इन्डिगोगोमार्फत् चन्दा आह्वान गरिन्।
यस आह्वानमा लर्निङ हाउस खोल्न १२ हजार डलर आवश्यक परेको उल्लेख गरेकी थिइन्। इन्डिगोगोले १४ हजार १ सय ७६ डलर संकलन भएको जनाएको छ।
यसरी लर्निङ हाउसका नाममा विश्वव्यापी चन्दा अभियान चलाउँदा उनले कहीँ पनि यो निजी कम्पनी भएको खुलाएकी छैनन्। यसलाई शैक्षिक, सामुदायिक केन्द्रका रूपमा उल्लेख गरेकी छन्। विद्यार्थीलाई सघाएको र सामाजिक काम गरेको उनको दाबी छ।
मिसेलले लर्निङ हाउसकै नाममा दोस्रोचोटि पनि चन्दा आह्वान गरिन्। यस आह्वानमा ५ हजार डलर आवश्यक परेको उल्लेख गरेकी छन्। इन्डिगोगोका अनुसार हालसम्म १ हजार ३ सय ९५ डलर संकलन भइसकेको छ।
इन्डिगोगोमा मिसेलले हालसम्म विभिन्न कार्यक्रमका नाममा १० वटा यस्तो अभियान चलाएको देखिन्छ।
मिसेलले यसरी रकम संकलन गर्न आफ्नै 'खातालाइफ डट ओआरजी' नामक वेबसाइट सञ्चालन गरेकी छन्। यो साइट पनि नेपालीहरूलाई सहयोग गर्न स्थापना गरेको उनले उल्लेख गरेकी छन्। यो वेबसाइटबाट कति रकम संकलन गरिन् र कहाँ खर्च गरिन् भन्ने विवरण खुलाइएको छैन।
मिसेलले आफ्नो व्यक्तिगत वेबसाइटमा भने समाजसेवाका लागि ७ लाख अमेरिकी डलर चन्दा संकलन गरिसकेको उल्लेख गरेकी छन्। उनले यतिका रकम कहाँबाट ल्याइन्? को-कोसँग उठाइन्? नेपालमा कुन शीर्षकमा कहाँ कहाँ खर्च गरिन् भन्ने कसैलाई जानकारी छैन।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले जुनसुकै निजी कम्पनी वा सामुदायिक संस्थाले आफ्नो आम्दानी र खर्च विवरण सरकारलाई बुझाउनुपर्ने बताए।
'सामुदायिक संस्था हो भने समाज कल्याण मन्त्रालयबाट स्वीकृति लिनुपर्छ, कम्पनी हो भने कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्छ,' पोखरेलले भने, 'समाजसेवा भनेर गरिने सबै कार्यक्रम र खर्च बजेटमै समावेश भएर आउनुपर्छ।'
निजी कम्पनी खोलेर सामाजिक काम गर्ने भन्दै चन्दा संकलन गर्न नपाइने उनले बताए। सामाजिक कम गर्न सामाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट स्वीकृति लिनुपर्ने उनले जानकारी दिए।
मिसेलको लर्निङ हाउस जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको देखिँदैन। यो उनको निजी कम्पनीका रूपमा दर्ता छ।
'बिजनेस भिसा लिनेले बिजनेस गर्ने हो, अध्ययन भिसा लिनेले अध्ययन गर्ने हो,' अध्यागमन विभागका महानिर्देशक केसीले भने, 'जुन प्रयोजनका लागि भिसा लिएको हो, त्योभन्दा बाहिर गएर काम गर्न पाइँदैन।'
सरकारले कोरोनाभाइरस (कोभिड-१९) को परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको पोर्टेबल पिसिआर मेसिन प्रभावकारी नभएपछि थन्किएकाे छ।
दैनिक १२ वटा नमूना परीक्षण गर्न पनि मुस्किल भएपछि अधिकांश प्रयोगशालाले यो मेसिनबाट परीक्षण गर्ने काम रोकेका छन्। सरकारले चीनबाट प्रति मेसिन २१ लाख खर्चेर पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको हो।
सरकारले यो मेसिन जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा वितरण गरेको छ। यो मेसिनबाट एकचोटीमा एउटा मात्र नमूनाको परीक्षण गर्न मिल्छ र त्यसको नतिजा आउन डेढ घण्टा लाग्छ।
यसरी परीक्षण गर्दा दिनमा १० वटा नमूनाको परीक्षण हुन्छ। पोर्टेबल पिसिआर मेसिनबाट परीक्षणको चाप धान्न नसक्ने प्रयोगशालामै काम गर्ने स्वास्थ्यकर्मीहरूको ठहर छ।
जनकपुरमा यो मेसिनबाट अहिलेसम्म सय वटा मात्र नमूनाको परीक्षण गरिएको छ। 'यसबाट परीक्षण गर्दा एउटा नतिजाको लागि पनि झन्डै डेढ घण्टा कुर्नुपर्छ। सयौं नमूना संकलन हुन्छन्। त्यसैले ठूलो पिसिआर मेसिन चाहिन्छ,' प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रामविनय साहले भने।
साथै जनकपुरमा रहेको मेसिनको नतिजामा त्रुटी देखिएपछि केही दिनदेखि मेसिनबाट गरिने परीक्षणको काम रोकिएको छ। उक्त मेसिनमा दुईपटक नेगेटिभ देखिएको नतिजा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजेटिभ देखिएपछि मेसिनको गुणस्तरमाथि प्रश्न उठेको हो।
'तीन दिन भयो मेसिनबाट परीक्षण नभएको' साहले भने, 'हामी परीक्षण सुरु गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्दैछौं।' तीन दिन यता प्रदेश-२ मा संकलित स्वाबहरू परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नै पठाइएको छ।
साहले प्रदेशमा सयौं नमुना स्वाब संकलन भएको र त्यो एकैपटक पोर्टेबल पिसिआर मेसिनबाट परीक्षण गर्न नसकिने बताए। बुटवलमा भएको पोर्टेबल पिसिआर मेसिनमा पनि एकहप्तादेखि परीक्षण गरिएको छैन।
अहिले भैरहवास्थित प्रयोगशालामा रहेको ठूलो आरटी पिसिआर मेसिनबाटै परीक्षण भइरहेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए। बुटवलमा पोर्टेबल मेसिनले परीक्षणको चाप नधानेपछि सरकारले आरटी पिसिआर मेसिन जडान गरेको छ।
अहिले उक्त मेसिनबाट दैनिक ४० जनाको परीक्षण भइरहेको छ। प्रयोगशालाको क्षमता दैनिक ९४ वटा भएपनि किटको अभावले दैनिक ४० वटा मात्र परीक्षण भएको छ।
प्रमुख गिरीका अनुसार अहिले प्रयोगशालाले कुनै बेला एक दुई वटा नमूनाको परीक्षण गर्नुपर्दा मात्र पोर्टेबल पिसिआर मेसिनको प्रयोग गरेको छ। सुर्खेतमा पनि आजै आरटी पिसिआर मेसिन जडान गरिएसँगै प्रयोगशालाले पोर्टेबल पिसिआर मेसिनबाट गरिने परीक्षण रोक्ने तयारी गरेको छ।
अहिलेसम्म पोर्टेबल मेसिनबाट २ सयको परीक्षण भएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले जानकारी दिए। 'आजबाट ठूलो पिसिआर मेसिनबाट परीक्षण गर्ने तयारी छ। सानो पोर्टेबल पिसिआर प्रयोग गर्दैनौं,' उनले भने।
पोखरामा भएको पोर्टेबल पिसिआर भने प्रयोग नै भइरहेको प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक विनोद विन्दु शर्माले बताए। उनका अनुसार प्रयोगशालाले दुबै पिसिआर मेसिन प्रयोग गरिरहेको छ।
सरकारले सुरुमा पोखरामा पोर्टेबल पिसिआर मेसिन पठाएको थियो र पछि आरटी पिसिआर मेसिन पनि सञ्चानलमा ल्यायो। 'हामीले दुबै मेसिनबाट परीक्षण गरिरहेका छौं। पोर्टेबल पिसिआरलाई क्रस चेकको लागि प्रयोग गरिरहेका छौं,' शर्माले भने।
धनगढीमा पनि गत चैत २९ गतेदेखि पोर्टेबल पिसिआर प्रयोग नभइ थन्किएको छ। त्यहाँ पनि ठूलो आरटी पिसिआर मेसिनबाट परीक्षण गरिएको छ। प्रयोगशालाका अनुसार अहिले धनगढीमा दैनिक ३० वटाको परीक्षण भइरहेको छ।
अहिले चीनबाट ल्याएको पाँचवटै पोर्टेबल पिसिआर मेसिन प्रयोगविहीन जस्तै बनेको छ। सरकारले यो मेसिन ल्याउनुपूर्व देशमै भएका आरटी पिसिआरलाई प्रयोगमा ल्याउनुपर्ने विज्ञहरूको तर्क छ।
'अहिले यति धेरै आरटी पिसिआर मेसिनहरू सञ्चालनमा आयो। सरकारले पहिले नै यसको खोजी गर्नुपर्थ्यो' प्रयोगशालामै काम गर्ने एक स्वास्थ्यकर्मीले भने, 'सरकारले मास टेस्टिङमा जाने भनेपछि पोर्टेबल मेसिन काम लाग्दैन भन्ने थाहा पाउनुपर्ने हो नि।'
उनका अनुसार यो पोर्टेबल मेसिनको अर्को वेफाइदा पनि छ। यो मेसिन जुन कम्पनीको हो यसमा प्रयोग हुने किट पनि त्यहीँ कम्पनीको हुनुपर्छ। सरकारले यो मेसिन 'सानस्योर बायोटेक' कम्पनीबाट खरिद गरेको हो।
'अहिले हामीले गर्ने आरटी पिसिआर मेसिनमा चारवटा कम्पनीको किट प्रयोग गर्यौं तर पोर्टेबलमा त्यहीँ कम्पनीको किट चाहिन्छ' ती स्वास्थ्यकर्मीले भने, 'कोरोनाभाइरसपछि यो मेसिन अरू भाइरस परीक्षणको लागि पनि काम लाग्दैन।'
इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।
इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म दश लाख ११ हजार २०५ जना बेरोजगार भएका हुन्।
यो विवरण यही मार्च १ यताको भएको अधिकारीहरुले बताएका छन्। त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए।
आइतबार मात्रै त्यहाँ ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन्।
इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ।
त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्।
उनले कोरोना भाइरसका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए। यसमा विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप लगाउन नपाएको उनको भनाइ छ।
डब्लुएचओले केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ।
'हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ', विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने।
चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन्।
रोयटर्सको तथ्यांक अनुसार सोमबारसम्म संक्रमणका कारण २ लाख ५ हजार ९४८ जनाले ज्यान गुमाएका छन्।
महानिर्देशक टेड्रोसले सम्मेलनमा कोरोना भाइरस महामारीको प्रभाव बालबालिकाको खोप कार्यक्रममा परेको समस्या प्रति चिन्ता व्यक्त गरेका छन्।
'बालबालिकाहरुलाई कोरोना भाइरसको संक्रमणबाट कम जोखिममा हुन सक्छन् तर खोपहरू मार्फत रोक्न सकिने अन्य रोगहरूको उच्च जोखिममा छन्', टेड्रोसले भने।
उनले संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्बले करिब १३ मिलियन जनसंख्या प्रभावित भएको बताए।
टेड्रोसले जीएवीआई विश्वव्यापी खोप गठबन्धनलाई उद्धृत गर्दै कोरोना भाइरस लकडाउन र सीमा प्रतिबन्धका कारण विभिन्न २१ देशहरुमा खोपहरुको अभाव देखापरेको बताए।
काठमाडौं क्रिएटिभ युथ लायन्स क्लब मार्फत अर्जुन खकडाद्वारा दृष्टिविहीन र मजदुर परिवारका लागि सहयोग
लकडाउन सुरुबाट लायन्स क्लब काठमाडौं क्रिएटिभ युथ निरन्तर खाँचोमा परेका मानिसहरूलाई र परिवारहरूको मद्दत गर्न कोशिस गरिरहेको छ। यो भनिन्छ कि जब तपाई अरूलाई सहायता गर्न अगाडि बढ्नुहुन्छ तपाईले भगवानको अनुग्रहले केही सहायता प्राप्त गर्नुहुनेछ।
त्यसैगरी क्लबलाई सम्मानित अर्जुन खकडा सरबाट मद्दत पायो। उनको सहयोगमा क्लबले विभिन्न स्थानहरू जस्तै कपन, सुकेधारा, भृकुटीमण्डप, झोर, तोखा, सांखुसी, गौसला, बगबाजार, गोंगाबु, स्वंयम्भु जस्ता ठाउॅंबाट 57 परिवारलाई सहयोग गर्न सक्षम भयो। संस्थापक अध्यक्ष आदरणीय गणिका गुरुङ्ग बताउनु हुन्छ कि १३ र वैशाख १४ मा सम्मानित अर्जुन खकडा सरका कारण ६ परिवारहरूले आफ्नो घरमा खाना पकाउन सके। परिवारहरू दृष्टिविहीन थिए र परिवारहरू मजदुर परिवार थिए।
क्लबका अध्यक्ष अनिल मगर भन्छन् कि हामी चाँडै नै दृष्टिविहीन र मजदुर परिवारलाई सहयोग गर्दैछौं।