काठमाडौं - चलचित्र "स्त्री" को निर्माण कार्य सम्पन्न भएसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माता पक्षले गत बुधबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।
समीर राई को निर्माण तथा जीवन शाही को निर्देशनमा तयार भएको चलचित्रको पोस्टर टौवा क्रियशनले निर्माण गरेको हो। सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको छ।
चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसी को मुख्य भूमिका रहेको छ। पोस्टरमा कलाकारहरूको फरक–फरक भाव र मनोविज्ञान झल्किने अभिव्यक्ति प्रस्तुत गरिएको छ।
पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रंग र कलाकारहरूको रहस्यमय प्रस्तुतिले चलचित्रको कथा रहस्य, सस्पेन्स र कौतुहलतर्फ केन्द्रित रहेको संकेत गर्छ। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।
चलचित्रमा रामशरण उप्रेती को छायांकन, बाबुल गिरी को संगीत, देव महर्जन र शंकर महर्जन को एक्सन निर्देशन, बन्दे प्रसाद को सम्पादन तथा एलिस कार्की को पाश्र्वध्वनि रहेको छ।
काठमाडौं - नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा को नयाँ गीत ‘सानो मन नगर दिल फुकाउ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास, आत्मीयता र मानवीय सम्बन्धका भावहरूलाई समेटिएको उक्त गीत हाल कुलेन्द्र विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।
गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र चर्चित गायिका मेलिना राई को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द नवराज पन्त ले सिर्जना गरेका हुन् भने संगीत बसन्त थापा को रहेको छ। शब्द, संगीत र स्वरको सुन्दर संयोजनले गीतलाई थप श्रवणीय र मन छुने बनाएको छ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मत ले गरेका छन् भने रेकर्डिङ राज खड्का ले गरेका हुन्। गीत वान डिबी एचडी स्टुडियो (1DB HD Studio) मा रेकर्ड गरिएको हो। अडियो तथा भिडियो निर्माण कुलेन्द्र विश्वकर्मा अफिसियल मार्फत गरिएको छ।
म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा स्वयं र जुना सुन्दास को आकर्षक अभिनय देख्न सकिन्छ। गीतको भाव र कथावस्तुलाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियोको छायाङ्कन बिवेक बि.के. ले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईं ले गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन एकेन्द्र सरशंकर ले गरेका छन्।
कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको सहकार्य नेपाली सांगीतिक क्षेत्रमा सफल र चर्चित मानिन्छ। यसअघि उनीहरूको सहकार्यमा सार्वजनिक भएको ‘सालको पात टपरी हुने’ बोलको गीतले अपार सफलता हासिल गरेको थियो। सोही सफल जोडी लामो अन्तरालपछि पुनः ‘सानो मन नगर दिल फुकाउ’ मार्फत एकसाथ आएका हुन्। यस कारण पनि गीतप्रति दर्शक तथा श्रोताको विशेष चासो देखिएको छ।
प्रेम र आत्मीय सम्बन्धको भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको ‘सानो मन नगर दिल फुकाउ’ केवल मनोरञ्जनका लागि मात्र नभई सकारात्मक सन्देश बोकेको सांगीतिक कृति बनेको छ। अनुभवी सर्जक, लोकप्रिय गायक–गायिका तथा प्राविधिक टोलीको उत्कृष्ट समन्वयले गीतलाई थप सशक्त बनाएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने आगामी दिनमा अझ व्यापक लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं - नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चलचित्र तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीले निर्देशन गरेको उक्त भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको निर्माण पक्षको विश्वास छ।
गीतमा चर्चित गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारीको सुमधुर स्वर रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन् भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।
म्युजिक भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय, रोमान्टिक प्रस्तुतिकरण तथा क्यानाडाको मनमोहक प्राकृतिक दृश्यले भिडियोको सौन्दर्यलाई अझ उचाइ दिएको छ।
भिडियोका छायाँकार उत्तम अर्याल हुन्। अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी तथा राजेश कुमारको सम्पादन एवं कलर ग्रेडिङ रहेको भिडियोको निर्देशन जीवन पराजुलीले गरेका छन्।
लामो समयदेखि नेपाली चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले यसै भिडियोमार्फत निर्देशन क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। उनको निर्देशन यात्राको सुरुआती प्रयासका रूपमा सार्वजनिक भएको ‘यसरी यसरी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ।
प्रेम र संवेदनाले भरिएको यो गीत तथा भिडियोले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
काठमाण्डौ - छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुँदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको यस किसिमको अवार्डले सम्पुर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन् ।
१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।
कार्यक्रममा सेलेक्सन कमिटि जुरीलाई पनि सम्मान प्रदान गरिएको थियो । सेलेक्सन कमितिका जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैल, निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए ।
अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।
२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए । १७ औं डी सिने अवार्डमा विजेताहरु यस प्रकार रहेका छन् ।
उत्कृष्ट चलचित्र : अञ्जीला (मुन लभ इन्टरटेनमेन्ट प्रा. लि)
उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जीला)
उत्कृष्ट अभिनेता : विजय बराल (पूर्ण बहादुरको सारङ्गी)
उत्कृष्ट अभिनेत्री : स्वास्तिमा खड्का (बेहुली फ्रम मेघौली)
उत्कृष्ट सह-अभिनेता : जीतु नेपाल (कार्साङ)
उत्कृष्ट सह-अभिनेत्री : ऋचा घिमिरे (तेल भिसा)
उत्कृष्ट चरित्र अभिनय : राजबल्लभ कोइराला (एक्टर टेक वान)
उत्कृष्ट नवनिर्देशक : चन्द्र पन्त (ह्रस्व दीर्घ)
उत्कृष्ट लेखन : लक्ष्मण सुवेदी (सतिदेवी)
उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (पिताम्बर)
उत्कृष्ट सम्पादक : वन्दे प्रसाद (पिताम्बर)
उत्कृष्ट गीतकार : सुरेन्द्र राना (रुकुम मैकोट – खुश्मा)
उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल (कसम बत्तिको – ज्वाइँ साब)
उत्कृष्ट गायक : सविन सुवेदी (बिहे भाको छैन -छक्का पञ्जा ५)
उत्कृष्ट गायिका : बेनीशा पौडेल (बिहे भाको छैन -छक्का पञ्जा ५)
उत्कृष्ट द्वन्द्व निर्देशक : अष्ट महर्जन (एक्टर टेक वान)
उत्कृष्ट नृत्य निर्देशक : रामजी लामीछाने (जुनिजुनि भरिलाई -दुखी आत्मा)
उत्कृष्ट जुरी अवार्ड : कृषा चौलागाई (पिताम्बर)
उत्कृष्ट डायोस्पोरा चलचित्र : शंकर घिमिरे (तेलभिसा)
काठमाडौं - संगीतलाई विश्व शान्ति, मानवता, सहअस्तित्व र सकारात्मक चेतनाको सशक्त माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आयोजित एक समारोहबीच हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले निजामती सेवामा कार्यरत व्यक्तिहरूलाई प्रशासनिक भूमिकामा मात्र सीमित गरेर हेर्ने प्रवृत्तिको आलोचना गर्दै सोही सेवाभित्रबाट थुप्रै प्रतिभाशाली साहित्यकार, कवि तथा गीतकारहरू उदाएको स्मरण गर्नुभयो।
‘मैले मनमाया पंगेनीका सिर्जनाहरू सर्जक को हुन् भन्ने थाहा नपाई सुनेको थिएँ, ती गीतहरूले मलाई गहिरो प्रभाव पारेका थिए,’ उहाँले भन्नुभयो, ‘पछि खोज्दा ती सिर्जना मनमाया पंगेनीकै रहेछन् भन्ने थाहा पाएँ। उहाँ निजामती सेवाभित्रको सिर्जनशील चेतनाको सशक्त प्रतिनिधित्व गर्नुहुन्छ।’
कोइरालाले नेपाल टेलिकमले संगीत क्षेत्रसँग सहकार्य गरेकोमा प्रशंसा व्यक्त गर्दै सरकारी तथा सार्वजनिक संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले ‘लैजाचरी–शान्तिको धुन’लाई सन्देशमूलक तथा समयसापेक्ष सिर्जना भएको बताउँदै यस्ता कृतिले समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र सद्भाव फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा नेपाल टेलिकमको निरन्तर साथ रहने प्रतिबद्धता जनाउनुभयो।
गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै समाज, राष्ट्र र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले निरन्तर सिर्जना गर्दै आएको बताउनुभयो। उहाँले संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने शक्तिशाली साधन भएको उल्लेख गर्नुभयो।
सामाजिक चेतना, सांस्कृतिक मूल्य र मानवीय संवेदनालाई गीतमार्फत अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित मनमाया पंगेनीका ‘सप्तरंगी फूल हौ तिमी’, ‘नारी शक्ति’ र ‘स्वर्ग जस्तो यो धर्तीलाई’ लगायतका गीतहरू लोकप्रिय छन्। उहाँले निजामती सेवामा उत्कृष्ट योगदान पुर्याएबापत सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारसमेत प्राप्त गर्नुभएको छ।

गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मनमाया पंगेनीकै रहेको छ। कमल सौरागले संगीत संयोजन गर्नुभएको हो भने राजकुमार बगरले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ।
कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले संगीतमार्फत विश्वलाई जोड्ने अभियानलाई संस्थागत रूपमा अघि बढाइएको जानकारी दिँदै दुई वर्षअघि सुरु गरिएको ‘दृश्यमा नेपाल’ अभियानको सफलतापछि त्यसैको निरन्तरताका रूपमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ सुरु गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामीले नेपालका हिमाल, पहाड र तराईका अनुपम प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदालाई संगीतसँग जोडेर विश्वसामु प्रस्तुत गर्यौं। अब संगीतलाई विश्व शान्ति र मानव एकताको सन्देशवाहक बनाउने लक्ष्यसहित नयाँ अभियान प्रारम्भ गरेका छौं।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लगानी बोर्डका सहसचिव हेमराज तामाङ, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, प्रबन्धक डा। शालिग्राम पराजुली, नेपाल आयल निगमकी उपनिर्देशक इन्दु शर्मा, रेडियो नेपालका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराई, पूर्व एआईजी टेक तामाङ, पूर्व एआईजी माधवप्रसाद नेपाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गीतकार–संगीतकार राजकुमार बगर तथा शिव भट्टराईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गरेका छन्। कार्यक्रममा बालकलाकार श्रीनिधि कठायतले प्रस्तुत गरेको बालगीतले समारोहलाई थप संगीतमय बनाएको थियो।
पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीत तथा भिडियो निर्माणसँग आबद्ध कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चलचित्र निर्देशक तथा एभरेस्ट ग्यालरीका सल्लाहकार माधब राज खरेलले कला तथा सिर्जनाको क्षेत्रमा एभरेस्ट ग्यालरी र सर्जक मनमाया पंगेनीको योगदानको प्रशंसा गर्दै संगीतलाई समाज परिवर्तनको माध्यमका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो।
सञ्चारकर्मी एवम् गीतकार डिबी खड्काले ‘सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संगीत, साहित्य, प्रशासन तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा रहेको थियो । कला र संगीतलाई विश्व शान्तिको साझा भाषाका रूपमा स्थापित गर्ने प्रयासलाई नयाँ आयाम दिएको सहभागीहरूले बताएका छन्।



काठमाडौं - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायक सञ्जय थापामगर को नयाँ लोक तथा दोहोरी गीत “हिँड लाहुरे” सार्वजनिक भएको छ।
रोजगारको सिलसिलामा लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोकभाकालाई संगीतमार्फत दर्शक तथा श्रोतामाझ पस्कँदै आएका सञ्जय थापामगरले यसपटक पञ्चेबाजामा आधारित रमाइलो शैलीको गीत ल्याएका हुन्। गीत उनको आफ्नै सञ्जय थापा मगर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा सञ्जय थापामगरलाई स्वरमा गायिका दिपिका बयम्बु मगर ले साथ दिएकी छन्। गीतको शब्द तथा संगीत स्वयं सञ्जय थापामगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगर ले गरेका छन्।
गीतको कथावस्तु विवाह समारोहको परिवेशमा आधारित छ, जहाँ दुलाहा पक्षका युवक र दुलही पक्षका युवतीबीचको रमाइलो घम्साघम्सीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी, युरोपबाट आएको लाहुरेले युवतीलाई आफूसँग लैजान फकाउने प्रयास र युवतीले लाहुरेप्रति गर्ने शंकाबीचको दोहोरीले गीतलाई अझ मनोरञ्जनात्मक बनाएको छ।
गीतको भिडियो निर्देशन तथा छायांकन मुकेश नेपाली ले गरेका छन् भने कोरियोग्राफी बुद्ध थापा को रहेको छ। भिडियो सम्पादन नविन घर्तीमगर ले गरेका हुन्। भिडियोमा कलाकार सरोज प्रजा र बिना राउत लाई फिचर्ड गरिएको छ।
काठमाडौं - नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय रहेको आरिया डिजिटल ले नयाँ लोकदोहोरी गीत “गुन भुल्ने मायालाई” सार्वजनिक गरेको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ यसको चर्चा सुरु भएको छ।
गीतमा चर्चित गायक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटी को स्वर रहेको छ। गीतका शब्द तथा संगीत कृष्ण लामिछाने ले तयार गरेका हुन्। गीतको भिडियो निर्देशन मुकेश नेपाली ले गरेका छन्। भिडियोमा कलाकार दिपेन्द्र खड्का र रचना न्यौपाने को अभिनय देख्न सकिन्छ, जसले गीतप्रति दर्शकको उत्सुकता थप बढाएको निर्माण टिमले जनाएको छ।
त्यस्तै, गीतको एरेन्ज महेन्द्र भण्डारी, रेकर्डिस्ट सागर बजुराली, मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका छन् भने छायांकन करण चैसिरले गरेका हुन्। भिडियो सम्पादन बिनोद बमले गरेका छन्।
काठमाडौं - गीतकार शंकर पाण्डे मुक्तिको सामाजिक सन्देश बोकेको नयाँ गीत ‘मेरो आफ्नै संसार’ बिहीवार काठमाडौमा सार्वजनिक गरिएको छ । मानव सेवा आश्रममा आस्रित जेष्ठ नागरिकहरुका बिचमा आयोजित एक विशेष समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित रहेको उक्त कार्यक्रम गीतकारको आमा सेतु कुमारी पाण्डेको सभापतित्वमा संचालन भएको थियो ।
प्रस्तुत गीतले जीवन, जगत, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने कीर्तिमानी सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएको छ, गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको भनाई गीतकार मुक्तिको रहेकोछ ।
सार्वजनिक गीतको भिडियो चलचित्र निर्देशक माधवराज खरेलले तयार गर्नुभएको हो । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आरुश पाण्डे, मीरु पराजुली, समाज पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ ।
भिडियोको छायांकन अजय रेग्मीले गर्नुभएको हो भने सम्पादन विनोद बमले गर्नुभएको छ । प्रस्तुत भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रमका प्रमुख अतिथि डिसीले दिनु भयो।
त्यसैगरी चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले कलाकारहरुको अभिनय जिवन्त रहेको बताउनु भयो । गीतका बारेमा गीतकार शंकर पाण्डे मुक्ति, सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधब राज खरेल, प्रा। ध्रुव पौडेल लगायतलले आ(आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता श्रीदेव भट्टराई, पत्रकार गीता अधिकारी, स्वस्तिका पन्थी, विश्व देवकोटा, अजय अधिकारी सुशील, रिमेश अधिकारी तथा ओएसआर डिजिटलकाका ओम अग्रवाल लगायतको उपस्तिथि रहेको थियो ।
सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजनमा बनेको ‘मेरो आफ्नै सन्सार’ ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
काठमाडौं - आमा र सन्तानबीचको सम्बन्ध संसारकै सबैभन्दा पवित्र, निस्वार्थ र आत्मीय सम्बन्ध मानिन्छ । यही मातृमायालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गर्नुभएको छ चलचित्र निर्देशक सुमन दाहालले । अमेरिकामा बसोबास गर्दै आउनुभएका दाहालले आफ्नी आमाको जन्मदिनलाई केवल औपचारिक शुभकामनामा सीमित नराखी ‘आमा’ शीर्षकको भावनात्मक म्युजिक भिडियो सार्वजनिक गर्दै अनुपम उपहार दिनुभएको छ ।
यो म्युजिक भिडियो मनोरञ्जनका लागि मात्र तयार गरिएको सिर्जना होइन, बरु एउटा छोराले आफ्नी आमाप्रति व्यक्त गरेको अथाह प्रेम, सम्मान र कृतज्ञताको जीवन्त अभिव्यक्ति हो । परदेशमा रहेर पनि आमाको माया, संघर्ष र त्यागलाई सम्झँदै आएका सुमनले आफ्ना भावना शब्द, संगीत र दृश्यमार्फत यति मार्मिक ढंगले प्रस्तुत गर्नुभएको छ कि भिडियो हेर्दा दर्शकले आफ्नै आमाको अनुहार सम्झिन्छन् ।
विशेष कुरा के छ भने भिडियोमा अधिकांश भूमिकामा सुमनले आफ्नै परिवारका सदस्यलाई अभिनय गराउनुभएको छ । यसले भिडियोलाई अझ यथार्थपरक र आत्मीय बनाएको छ । आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिनुभएको छ भने मन्दिरा दाहाल, भुवन लोहानी, गरिमा पाण्डे र सम्राट दाहालले परिवारका सदस्यका रूपमा अभिनय गर्नुभएको छ । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिनुभएको छ । बाल कलाकार समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई थप जीवन्त बनाउनुभएको छ ।
गीतका शब्द स्वयं निर्देशक सुमन दाहालले लेख्नुभएको हो । गीतमा आमाको त्याग, ममता, संघर्ष र सन्तानप्रतिको समर्पणलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । भिडियोको निर्देशनमा पनि उहाँले भावनात्मक पक्षलाई विशेष प्राथमिकता दिनुभएको छ । दृश्य संयोजन, कथावाचन र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्न सफल देखिन्छ ।
गीतमा गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । संगीतकार वसन्त सापकोटाले संगीत भर्नुभएको छ भने संगीत संयोजन राजु कार्कीले गर्नुभएको छ । रेकर्डिस्ट ज्ञानेन्द्र गिरी तथा मिक्सिङ/मास्टरिङ प्रकाश केसीको रहेको गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोको छायांकन राजु केसीले गर्नुभएको हो भने सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ । रंग संयोजन रेनिस फागोले गर्नुभएको छ । मेकअप सिर्जा अधिकारी र पोस्टर डिजाइन नहाकुल खड्काले गर्नुभएको छ । पोस्ट-प्रोडक्सन कार्य किन्डल सिने स्टुडियोमा सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ ।
म्युजिक भिडियोको सबैभन्दा सशक्त पक्ष भनेको यसको भावनात्मक गहिराइ हो । आमाको जन्मदिनमा कसैले फूल, केक वा महँगा उपहार दिने गर्छन्, तर सुमन दाहालले आफ्नी आमालाई समयले पनि नमेट्ने सिर्जनात्मक उपहार दिनुभएको छ । ‘आमा’ केवल एउटा गीत नभई हरेक सन्तानले आफ्नी आमाप्रति व्यक्त गर्न चाहेको प्रेमको साझा अनुभूति बनेको छ ।
निर्देशक सुमन दाहालको यो सिर्जनाले नेपाली समाजमा आमाप्रतिको सम्मान, प्रेम र कृतज्ञताको भावलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । ‘आमा’ म्युजिक भिडियो अब केवल एउटा परिवारको भावनामा सीमित नरही हरेक नेपाली सन्तानको मन छुने भावनात्मक कोसेली बनेको छ ।
काठमाडौं – संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको जीवन्त अभिव्यक्ति पनि हो । नेपाल जस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विविध भाषाका गीत संगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को नवौं संस्करणकालागि मनोनयन सार्वजनिक गरिएकोछ ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा हुने यस अवार्डले नेपाली संगीत क्षेत्रलाई मात्र होइन, देशभरका विभिन्न मातृभाषी कलाकारहरूलाई पनि समान अवसर प्रदान गर्दै आएको छ । यही विशेषताका कारण निम अवार्डले अन्य संगीत अवार्डभन्दा फरक पहिचान बनाउन सफल भएको आयोजकको भनाइ छ ।
यस वर्षको संस्करणमा २९ विभिन्न विधामा मनोनयन घोषणा गरिएको छ । अवार्डमा नेपाली भाषासहित नेपालमा बोलिने विभिन्न मातृभाषाका गीत, संगीत, गायक–गायिका, संगीतकार तथा सर्जकहरू समेटिएका छन् । यसले नेपालको सांगीतिक विविधतालाई अझ व्यापक रूपमा उजागर गर्ने विश्वास गरिएको छ ।
अवार्डका विजेता छनोटका लागि अनलाइन भोटिङसँगै विभिन्न विधाका विज्ञ निर्णायकहरूको मूल्याङ्कनलाई आधार बनाइने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक कमला जोशीका अनुसार, “अवार्ड चयन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाइनेछ, ताकि सबै भाषाभाषीका संगीतकर्मीले समान सम्मानको अनुभूति गर्न सकून् ।”
नवौं संस्करणको व्यवस्थापकीय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । अवार्ड वितरण समारोह आगामी जेठ महिनाको तेस्रो साता काठमाडौंमा भव्य रूपमा आयोजना गरिने तय भएको छ । समारोहमा विभिन्न सांगीतिक अवार्डका साथै रजत सम्मान, पत्रकारिता पुरस्कार तथा विशेष सम्मानहरू समेत प्रदान गरिने कार्यक्रम निर्देशक सनम कठायतले जानकारी दिएका छन् ।
निम अवार्डले विगत नौ वर्षदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीभाषी तथा विभिन्न भाषा–संस्कृतिसँग आबद्ध संगीतकर्मीहरूलाई पनि सम्मान गर्दै आएको छ । आयोजकका अनुसार संगीतमार्फत भाषा, संस्कृति र राष्ट्रिय विविधताको संरक्षण तथा प्रवद्र्धन गर्ने अभियानलाई आगामी दिनमा अझ सशक्त बनाइनेछ ।
संगीतप्रेमीहरूले आफूलाई मनपर्ने कलाकारलाई समर्थन गर्न अनलाइन भोटिङमार्फत सहभागी हुन सक्नेछन् । आयोजकको विश्वास छ, निम अवार्ड केवल कलाकारलाई सम्मान गर्ने कार्यक्रम मात्र होइन, नेपालको सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्वपूर्ण अभियान पनि हो । यसरी, निम अवार्ड एउटा प्रतिस्पर्धाभन्दा माथि उठेर नेपालका विविध भाषाभाषी कलाकारहरूको साझा उत्सव र सिर्जनात्मक संगमका रूपमा स्थापित हुँदै गएको छ ।
उत्कृष्ट मनोनयनमा परेका सर्जक, श्रष्टा तथा श्रृजनाहरु यस प्रकार रहेका छन्ः
उत्कृष्ट राष्ट्रिय भाव
१. खेमनाथ दाहालः लाली गुराँसको साटो
२. युवराज भण्डारीः भावनाको देश
३. पुरण क्षेत्रीः धर्तीको छानो
४. डन कार्कीः गोर्खाली हौ
५. ओमप्रकाश राईः नेपाल आमा
उत्कृष्ट गजल
१. आरजु गिरीः नयन
२. हरि सेढाँईः सबै लियौ
३. उत्तम भेटवालः गजलका कुराले
४. डि.पी. खनालः बेकार
उत्कृष्ट पप गायन
१. अदृश्य (दृश्य क्षेत्री): मनपरी
२. दिनेश क्षेत्रीः बानी
३. अनन्त अजयः अनन्त दर्पण
४. राजकुमार कर्माचार्यः आफ्नो मान्छे
५. बेनिषा पौडेलः लहर झैं
उत्कृष्ट गीतकार पुरुष (सुगम संगीत)
१. भोलानाथ पाठकः राधिका
२. डा. रुद्रनाथ अधिकारीः आमा
३. चिन्तामणि शिवाकोटीः हृदयकि रानी
४. रोहन पौडेलः जेलपनि सहुँला
५. अमरदिप सुनुवारः माया जाल मोहनी
उत्कृष्ट गीतकार महिला (सुगम संगीत)
१. अनिता थापाः मेरो चाहाना
२. सरला श्रेष्ठः दुख्यो धेरै दुख्न पुग्यो
३. मनमाया पंगेनीः ऐना जस्तै हिमाल हेर्दा
४. राखी गौचनः यो साँझ फेरी
५. गीता अधिकारीः माटोको सुगन्ध
उत्कृष्ट संगीतकार (सुगम संगीत)
१. राजेन्द्र बजागाईः पुतली
२. कमल अधिकारीः मेरो घरको मुन्तिर
३. बबिना भट्टराईः गजलका कुराले
४. शंकर थापा“स्माईल”: बेहाल
५. दिपकराज विश्वकर्माः मेरोदिन आउला
उत्कृष्ट गायक (सुगम संगीत)
१. राम भण्डारीः सपना देखाई कोही
२. सिडी.बिजय अधिकारीः पिरतकिो सिंहदरबार
३. प्रविण भेटवालः नयन
४. प्रताप दासः तिम्रो साथमा
५. ईन्द्र आरपिः गारो लाउन
उत्कृष्ट गायिका (सुगम संगीत)
१. बबिता मानन्धरः कलियुगकि राधा
२. बबिना भट्टराईः गजलका कुराले
३. सोनी राजभण्डारीः तिम्रो आँखाको
४. मनमाया पंगेनीः ऐना जस्तै हिमाल हेर्दा
५. अञ्जु पन्तः सोल्टिीनी
उत्कृष्ट नवप्रतिभा गायन
१. प्रथम गुरुङः धेरै कुरा
२. प्रेमनाथ कडुवालः टाईटाई फिस
३. आश्मा दुलालः मेरा बाबा
४. विपना शाक्यः तिम्रो याद
५. आरभ उप्रेतीः खेलौं खेलौं
उत्कृष्ट लोक दोहोरी शब्द
१. सुवास के.सी.: कल्लाई थाहा छ
२. रमेश परियारः ढोग्दिया
३. कृष्ण लामिछानेः आमा जेलैमा
४. अमृत भारतीः बेल बटम
५. प्राजन बस्नेत : परदेश
उत्कृष्ट लोक दोहोरी लय
१. सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
२. ऋषि खड्काः परदेशी हुन मन छैन
३. ज्योती न्यौपानेः धनमाया मनमाया
४. नमराज ढुङगानाः गलबन्दीको छेउ
५. सुवास के.सी.: माडी बगर
उत्कृष्ट लोक दोहोरी गायक
१. राजु ढकालः खोली सलल
२. प्रेम शर्माः मायालुको बैंश
३. हेमन्तकान्छा रसाईलीः जानै लाग्यो बैंश
४. अनिल श्रेष्ठः रुन्छे न्याउली चरी
५. सञ्जय थापा मगरः गलबन्दी र पच्छेउरी
उत्कृष्ट लोक दोहोरी गायिका
१. देवी घर्तीः खोली सलल
२. कविता खत्रीः ढोग्दियाँ
३. कमला के.सी.: माया लाउँछु
४. सुष्मा शाही ठकुरीः दर्याम दर्याम
५. शान्तिश्री परियारः परदेश
उत्कृष्ट युगल गायन
१. नारायण गजमेर/ शान्तिश्री परियारः चोर्यो मायाले
२. रानु निरौला /महेश मुखियाः चोली ढाकाको
३. शर्मिला वर्देवा /डेभिड शंकरः कश्मिेर गाम्चा
४. सिडी विजय अधिकारी /अञ्जु पन्तः सोल्टीनी
५. नरहरि प्रेमी / अपेक्षा खनालः विस्तारै विस्तारै
उत्कृष्ट मौलिक/भाषाभाषि गीत
१. मिना लामाः आकाशैको जुन (सालैजो)
२. दिलु सलामी मगरः शिरैको नी फुल (सोरठी)
३. करण चौधरीः तु म्वार छैली हो (थारु भाषा)
४. निर्मला घिसिङः जालमाया (तमाङ भाषा )
५. निरुता पुन मगरः काली सलल
उत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा)
१. जीवन शर्माः माटोको सुगन्ध
२. सक्रिय श्रेष्ठः गारो लाउन
३. रामनाथ घिमिरेः सपना देखाई कोही
४. सुपेश बस्नेतः सँधै साथमा
५. नविन शाही ठकुरीः भेट कहिले हो फेरी
उत्कृष्ट डेउडा भाका गीत
१. प्रमोद डि.जी.: रुपस्या पातली सुवा
२. शान्ती शाही ठकुरीः फुलटिपी
३. रेखा जोशीः गंगाका किनारा
४. पदम नेपालीः काफल खानेई
५. महादेव भट्टः मेरी पुट्क्यौली
उत्कृष्ट नेपाल भाषा गीतकार
१. न्हुच्छेकाजी महर्जनः नानी मयजु
२. राजु कर्मचार्यः खुशिया किनार
३. मचाकाजी महर्जनः वनेनु रे
४. जयकृष्ण दुवालः झिगु नगदे
५. शिव महर्जनः जिगु थ्व मतिना
उत्कृष्ट नेपाल भाषा संगीतकार
१. सानुबाबु महर्जनः मस्यु जि तः छुजु छुजु
२. गुजय मालाकारः झिगु नगदे
३. नरेनमानः नानी मयजु
४. सुमन तुलाधरः वनेनु रे
५. छत्रराज शाक्यः चिकुलाय तः खाः
उत्कृष्ट नेपाल भाषा गायन
१. नरेनमानः ध्येवा
२. नारायणी महर्जनः मस्यु जि तः छुजु छुजु
३. शुक्रराज महर्जनः मैचा छला बाँलाका
४. राजु कर्मचार्यः खुशिया किनार
५. राज कुमार मानन्धरः कागती पाउँसे च्वङ
उत्कृष्ट मैथली/भोजपुरी गीत
१. अञ्जु सरदारः तोहर कारण सं
२. रहमान खानः कैले बद्नाम पगली
३. आदित्य अजयः धान के रोपनिया
४. माला राजबंशीः चोरी चोरी चालु सजना
५. बिरेन्द्र झाः तोहर मिठी मिठी
उत्कृष्ट म्यूजिक भिडियो निर्देशन
१. राहुल शाहः ओ प्रियसी
२. पुजा ठकुरीः दुर देखी आएँ प्रिय
३. देवेन्द्र पाण्डेः जुनेली
४. रुपेश उप्रेतीः खेलौं खेलौं
५. जीवन शाहीः गारो लाउन
उत्कृष्ट म्यूजिक भिडियो छायाँकार
१. दिपक गिरीः परदेश
२. रुपेश थापाः चाहिँदैन सम्पती
३. महेश महराः सम्झिन्छु तिमिलाई
४. उत्सव दाहालः तिमि मेरो प्राण हौ
५. करण चैसिरः गुण भुल्यौ–२
उत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष)
१. आर्यन सिग्देलः बानी
२. नरेश एम्.सी.ः खाउली पेन्सन
३. प्रज्वलराज भट्टः दिल आफ्नै थियो
४. अंशु बर्माः भुपु माया रिर्टनस्
५. श्रीराम पौडेलः त्यो मिठो तिम्रो बोली
उत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला)
१. सृष्टि खड्काः परदेश
२. प्रतिमा राजघतानीः मायाको जम्मै राम्रो
३. अम्बिका तमाङः सोल्टीनी
४. सुजिना गोलेः कति माया गर्छु
५. सृष्टिना क्षेत्रीः चाहिँदैन सम्पती
उत्कृष्ट म्यूजिक भिडियो नवमोडल (महिला)
१. उपाशना पाठकः नयन
२. सपना क्षेत्रीः एकै पल पनि
३. मिसेल घिमिरेः गालै बम पाउरोटी
४. सन्जिवनी खनालः पिरिमका खेल
५. सहिष्मा खड्काः जेनतेन चलिराछ
उत्कृष्ट म्यूजिक भिडियो नवमोडल (पुरुष)
१. प्रवेश उप्रेती“पौल”: फुल फुल्यो केशरी
२. बुद्धि माझीः बाचा गरौंला
३. सन्दिप ओलीः नयन
४. आरभ उप्रेतीः खेलौं खेलौं
उत्कृष्ट नेपाल भाषा भिडियो तर्फ
१. सुरोज महर्जनः मैचा छला बाँलाका
२. राजेशमान सिँहः मस्यु जि तः छुजु छुजु
३. रामकृष्ण खड्गीः ध्यवा
४. अनिस सिँहः कागती पाउँसे च्वङ
५. नरेनमानः नानी मयजु
उत्कृष्ट मैथली/ भोजपुरी भिडियो तर्फ
१. सुशान्त अग्रवालः काला काला सरिया
२. सन्तोष कुमार माझीः जार मे सैटेक
३. बद्रि साहः गजब के रोग