काठमाडौं – नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल स् युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र स् सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।
कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज(अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज(अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज(अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज(अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरुको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र १ भन्ने खालको स्थिति छ । ‘क्लोज(अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरिदिएको महशुस गरेकी छु ।’
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज(अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।
पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।
कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्याउन योगदान दिनुभएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’
ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो । ५९९ रुपैयाँ मुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जानकारी गराइयो । कार्यक्रममा संचारकर्मीसहित चलचित्र क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
भक्तपुर-चाँगुनारायण नगरपालिकालाई शुक्रवार बालमैत्री नगर घोषणा गरिएको छ । नगरपालिकाको छैंटौं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार चाँगुनारायणलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बालबालिकाहरु भविष्यका संवाहक भएकाले स्थानीय तहले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री घोषणा गरेर मात्र नपुग्ने बताउँदैं पाँच वर्षे होइन २५ वर्षिय योजना निर्माण गरी स्थानीय तहले आवश्यक बजेट व्यवस्था गरी बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“भोलीको मेयर, कर्मचारी, खेलाडी, प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिश, कलाकार, गितकार बन्ने सबै आजका बालबालिका हुन । त्यसैले बालबालिकाको भविष्य सुनिश्चित गर्न आज लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले बालमैत्री घोषणा गर्दाका सूचांकहरुलाई निरन्तरता दिँदैं गयौं भने भोली साँच्चिकै राष्ट्रका हरेक क्षेत्रमा चाँगुनारायणका नागरिक पुग्ने र राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा नै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बालमैत्री नगर घोषणा गरेर मात्र नपुग्ने बताउँदैं बालबालिकाहरुमा रहेको क्षमताको विकास गरी उसको रुची अनुसारको विषयमा अगाडि बढ्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो । “बाबालिकासँग के क्षमता छ ? , बालमैत्री घोषणा भएको अवस्थामा अभिभावकहरुले, शिक्षकहरुले, समाजका अगुवाहरुले बालबालिकाहरुसँग के क्षमता छ, पढाई त चाहिन्छ नै त्यो सँगै उसको रुची खेलमा छ की, साहित्यमा छ की, कलामा छ की, पत्रकारितामा छ की, कुन क्षेत्रमा छ, त्यो रुची बुझेर अगाडि बढाऔं,” उहाँले भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सकिन्छ भने भक्तपुर जिल्लामा सकिँदैन भने चाँगुनारायण नगरपालिकामा सबै दलका उम्मेदवारहरुले एउटै मञ्चबाट मत माग्न आग्रह गर्नुभयो । उहाँले घरदैलो कार्यक्रममा एक्ला एक्लै गए पनि सार्वजनिकरुपमा एउटै मञ्चबाट मत माग्न आग्रह गर्दै त्यसो गर्दा खर्च पनि कम हुने र जनताले पनि राम्रो योजना र विचार बोकेको दललाई छान्न सहयोग पुग्ने बताउनुभयो ।
“एउटै मञ्चबाट मत माग्नुस, हाँसी हाँसी मत माग्नुस । पैसा खर्च पनि हुँदैन । चुल्ठे मुन्द्रे पनि चाहिँदैन । चामल बोकेर पनि जानु पर्दैन । पाइप बोकेर पनि जानु पर्दैन । जसले जिते पनि चाँगुनारायणकै नेताले जित्ने हो,” उहाँले भन्नुभयो, “विकास निर्माण छैन । न्याय छैन । सुशासन छैन । झगडा छ भने कसले जित्यो ? कसैले जितेन । त्यसकारण चाँगुनारायणले एउटा नमूना प्रस्तुत गर्न सकुन । आज जसरी सबैले एकताका साथ नगरलाई बालमैत्री घोषणा गर्नुभयो, त्यसरी चुनावमा पनि एकता प्रर्दशन गर्न सके चाँगुनारायण देशभरीकै नमूना नगर बन्न सक्छ । जनताले पनि आफुले चाहेको, विकास निर्माण गर्न सक्ने दललाई छान्न पाउँछ । त्यस्तो भयो भने स्वच्छ प्रतिष्पर्धा, प्रजातन्त्र, लोकतन्त्रको मर्म त्यहाँ हुन्छ ।”
कार्यक्रममा सांसद महेश बस्नेतले चाँगुनारायणले पाँच वर्षमा विकासमा फड्को मारेको बताउनुभयो । पाँच वर्षमा व्यवस्थित नगरपालिका निर्माणको दिशामा अघि बढ्नु कम चुनौतीको विषय नभएको बताउँदैं सडकको स्तरोन्नती, सामूदायिक विद्यालयहरुका भवन निर्माण, एक घर एक धारा अन्तर्गत घरघरमा धारा वितरण, मेयर उद्यमशिलता कार्यक्रम, छोरी शिक्षा कार्यक्रम चाँगुनारायणका नमूना कार्य भएको सांसद बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले एक वर्षको निरन्तर प्रयासले नगरलाई बालमैत्री नगर घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले यस अभियानमा सबै सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, सरोकारवाला, जनप्रतिनिधिहरु, राजनीतिक दलहरुको साथ, सहयोग र सहकार्य रहेको बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका नवराज गेलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोथे ‘बासु’लगायतका वक्ताहरुले बालमैत्री घोषणासँगै यसको सूचकांकलाई निरन्तर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेलाई विभिन्न पदक तथा विभुषणले सम्मान गरेको थियो । जसअनुसार विष्णुहरी आचार्य, रामशरण कार्की र राजाराम छुंकालाई चाँगुनारायण ज्ञानकुञ्ज तृतिय, देवकुमारी बाँस्कोटा, हरिनारायण प्रसाद साह र मनोज थापालाई चाँगुनारायण स्वर्णमाला तृतिय, स्व। सुरेन्द्र प्रताप शाह, स्व। जयराम बासुकला र स्व। जानकी कुईंकेललाई चाँगुनारायण ओजस्वी तृतिय प्रदान गरिएको थियो ।
त्यस्तै डा. मोहन खनाल र सुस्मिता तामाङलाई चाँगुनारायण स्वर्णमाला द्धितिय, स्व. बुद्धिकृष्ण लामिछाने र स्व. दामोदर पराजुलीलाई चाँगुनारायण ओजस्वी द्धितिय, परशुराम गेलाललाई चाँगुनारायण ज्ञानकुञ्ज प्रथम, स्व। हरिशरण लामिछानेलाई चाँगुनारायण ओजश्वी प्रथम, हरिहर तिमिल्सिनालाई चाँगुनारायण रत्न र चट्याङ मास्टर कृष्ण मुरारी गौतमलाई चाँगुनारायण गौरवले सम्मान गरेको थियो ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाको विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु नगरगानका गायक तथा संगीतकार शिशिर योगी, शिक्षासेवी प्रल्हाद तिमिल्सिना, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चतुर्वेदी चौबे, समाजसेवी सोम प्रसाद प्रधान, कृषक तथा समाजसेवी सुजेन्द्र मुनकर्मी, नगरगान गायिका निशा देसार, नगरगान गायकहरु सन्तोष लामा, मिना निरौला, विश्व नेपाली, खानेपानी तथा सरसफाई अभियन्ता पार्वती दंगाल, बालमैत्री सम्पर्क व्यक्ति आशा माझी, सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने, जनस्वास्थ्य निरीक्षक लोकेन्द्र पौडेल, बाल सहजकर्ता गिता तिमिल्सिना, विद्यालय नर्स अनिता मचामसीलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालमा भएका विकास निर्माण र उपलब्धी सम्बन्धी चाँगुनारायण विकास दर्पण पुस्तक विमोचन गरिएको थियो । घोषणा सभा अघि नगरका वडा वडाबाट साँस्कृतिक झाँकीसहित नगरबासीहरु सहभागी भएका थिए ।
काठमाण्डौ – नायक श्रीदेब भट्टराई लगायतका युवाहरुको समुहले सर्लाहीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन् । लामो समय देखी गीत संगीत तथा चलचित्र क्षेत्रमा काम गर्दै आईरहेका भट्टराई पछिल्लो समय समाज सेवाका क्षेत्रमा पनि सक्रिए भएका छन् ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङं,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि।सी।को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
काठमाण्डौ - ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर मञ्जुश्री असहायक केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा सुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । मञ्जुश्री असहाय केन्द्र काठमाण्डौ जिल्ला अध्यक्षता मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख तामाङले नेपालको जनसंख्याको झण्डै ५१ प्रतिशत महिलाहरुको जनसंख्या छ, राष्ट्रपति, प्रधानन्यायधिश लगायत केही महत्वपुर्ण पदमा महिलाहरु भए पनि सिमित संख्यामा महिलाहरुको सहभागीता रहेको छ र सिमित आवाजलाइ सुनुवाई हुनै मुस्किल हुने गरेको छ, यसको लाग राजनितिक स्तरमा पनि अब ३३ हैन ५१ प्रतिशत नै महिला सहभागीता आवश्यक रहेको बताउनुभयो । यसको लागि सम्पुर्ण महिलाहरुले सक्रिय रुपमा राजनितिमा आउनु पर्ने बताउनुभयो ।
त्त्यस्तै ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारीले पहिला आफैबाट आफ्नो हक अधिकार र स्वतन्त्रताको लागि स्वयमले आवाज उठाउन जरुरी रहेको बताउनुभयो, साथै महिलाहरुले गर्न सक्ने काम पुरुषले पनि गर्न नसक्ने भएकोले महिलाहरुको दर्जा पुरुष भन्दा माथी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने ५ जना नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा युवा व्यवसायी रन्जु रन्जितकार, जेष्ठ नागरिक मिना मोक्तान, समाजिक अभियन्ता बेबि राजभण्डारी, समाजसेवी रिमा सापकोटा र सञ्चारकर्मी कमला जोशी रहेका छन् । सम्मानित नारीहरुलाई उपसभामुख तामाङले सम्मानपत्रले सम्मान गर्नु भएको कार्यक्रमको मिडिया संयोजक राजन थापाले जानकारी दिएका छन् । कार्यक्रममा ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारी, इन्द्रराज भट्टराई, समाजसेवी तथा समुन्नत महिलामञ्चकी अध्यक्ष सोमा खत्री, मञ्जुश्री असहाय केन्द्रकी अध्यक्ष मञ्जु खाँड लगायतको उपस्थिति रहेको थियो ।
काठमाण्डौ –काठमाण्डौ जिल्लाभित्र रहेका नगरपालिकाहरु एवं महानगरपालिका का साथै ७ वटा विश्वसम्पदा सुचिमा परेका स्थानहरुको सरसफाइको कार्यहरु अभियानका रुपमा विगत ५ दिन देखी संचालनमा आएको छ । फागुन ५ गते गते देखी चैत्र ९ गते २५ दिन संचालनमा आउने उक्त अभियानले शहरको सफाईमा विािशष्ट योगदान पुर्याउनुको साथै आम मानिसहरुलाई सचेतना दिनेमा पनि विश्वास गर्न सकिन्छ ।
उपत्यकाका विभिन्न अभियानहरु क्रमशः वातावरण मैत्री समाज (राधेश्याम मिश्र) नेवाः लहना किर्तिपुर(राजमान मानव), सुन्दरीघाट सरसफाई अभियान बल्खु(चित्र सुनुवार), गोदवरी सरसफाई अभियान(बेबी राजभण्डारी) विष्णुमती सरसफाई अभियान (शोभाकान्त पाण्डे) , मनोहरा सरसफाई अभियान(चन्द्र दंगाल), बागमती सरसफाई अभियान(किशोर सिंह शाही, र चक्रपथ सर सफाई अभियानमा संलग्न अभियन्ताहरुले उक्त अभियानलाई अघि वढाइएका छन् ।
२५ दिन सम्म दैनिक रुपमा संचालन हुने उक्त अभियानलाई सफाई महाअभियानको रुपमा लिएको अभियान्ता मध्येका वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताए ।
काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् ।
शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् ।
यहि चैत्र २० गते सम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने अवार्ड आयोजक समितिका निर्देशक राजन थापाले बताएका छन् ।
राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७८का मनोनयन यस प्रकार रहेका छन् (National Inclusive Music Award, 2022) उत्कृष्ट राष्ट्रिय भावको गीत १. जितेन शाक्य : जिउ ज्यान प्राण २. टेक तामाङ : नेपाल आमा ३. भुवन चौघरे : छातीमा देश बोक्नेहरु ४. चन्द्र लाल तामाङ : दल छ देश छैन ५. नारायण कँडेल : उतै जान पर्छ उत्कृष्ट गजल १. शैलेन्द्र मुडवरी : मिठो भुल २. ज्ञानुवाकार पौडेल : कस्को याद आउन थाल्यो ३. पुजा आरधना : आज मेरो मनको दियो ४. बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ ५. थानेश्वर गौतम : तिम्रा यादहरु उत्कृष्ट आधुनिक गायक १. प्रमोद खरेल : किन मरिन म २. यम बराल : खुशीको गीत ३. नविन कार्की : आँखाले हेर्यो ४. कैलाश भट्टराई : कलेजी काटीदिन सक्छु ५. सरोज कोईराला : ऐलान उत्कृष्ट आधुनिक गायिका १. अनु चौधरी : माया २. सपना श्री : जीवन यहाँ यस्तै ३. मञ्जु थापा : माया मुरी मुरी ४. प्रविशा अधिकारी : दोष ५. मिलन नेवार : पल पल चोट आधुनिक संगीतकार १. सन्तोष के.सी : तिमिनै सहारा २. प्रकाश लामा : मायालाई शब्द बाट ३. ओम प्रकाश राई : सिरानी लाए ४. राज कुमार बगर : जिन्दगीको लामोबाटो ५. नरहरी प्रेमी : एउटा गुनासो उत्कृष्ट आधुनिक गीतकार (महिला) १. तारा अधिकारी : तिम्रै लागि २. प्रमिला बस्नेत : को हौ तिमी ३. सावित्री चिलुवाल : मेरा लागी देवले ४. कोपिला घिमिरे : पलाँसको फुलसरी ५. सुमि सिंह :आज वस उत्कृष्ट आधुनिक गीतकार (पुरुष) १. डा.कृष्णहरि बराल : ऐलान २. सियारा आचार्य : तिता मिठा ३. विरेन्द्र थाम्सोहाङ् : मनमा माया ४. नवराज भट्टराई : कलेजी काटी दिन सक्छु ५. भिष्मराज फुलारा : आँसु पिउदै उत्कृष्ट आधुनिक निर्देशन १. अन्जन शर्मा : भत्केको घर २. राजु गिरी : यो शहरको ३. श्याम खत्री : स्वाश फेरी ४. केशव राज भट्ट : पिरती बस्यो ५. विक्रम चौहान : किन मरिन म उत्कृष्ट आधुनिक लोकपप मोडल १. सनम कठायत : बिन मरिन म २. चिरन्जीवी सापकोटा : रेलको बाटो ३. जोर्डन राज भण्डारी : अझ वर वर आउ ४. अर्जुन कुंवर : अब बाँकी ५. कमल सिंह : सल्लेरीको फेदैमा उत्कृष्ट आधुनिक लोकपप मोडल महिला १. शुशिला थापा : तिमी मेरो जिवन २. श्रृष्टि खड्का : घरमै आइस्यो न ३. रोशनी कार्की : जिन्दगीको लामो ४. अनु शाह : उसलाई पाउन–२ ५. झरना रिसाल : सल्लेरीको फेदैमा ६. अनिषा पोखरेल : फिक्का उत्कृष्ट लोकपप गायन १. नविन कुमार पौडेल : डल्ली २. सजन मोक्तान : नाच्नु गाउनु ३. सुनिल कटुवाल : डाँडै काटौला ४. लिजा लामा : चोरी चोरी ५. समिर आचार्य : चक्लेटी स्याउ उत्कृष्ट लोकपप गीतकार १. ज्ञानबहादुर लामा : नाच्नु गाउनु २. रमेश एम के पौडेल : पियारी ३. अभि क्षेत्री (समर्पण) : नसोध भो ४. विजय दिप गिरी : पिरतीको पालुवा ५. हिमांसु रायमाझी “गोधुली” : ज्योती उत्कृष्ट लोकपप संगीतकार १. सरोज कोईराला : भकारीमा धान छ २. मिस्टर आरजे : दिलकी टुकडी ३. राजेश थापा : सल्लेरीको फेदैमा ४. सरोज प्याकुरेल : पिरतीको पालुवा ५. भिम विसी : ऐना हेरी हेरि उत्कृष्ट लोकपप निर्देशन १. राजेश पुमा राई : फुल बुट्टे सारी २. लिगेश भट्टराई : लाउमाय पिरती ३. बबिता श्रेष्ठ : हाम्रो माया चोखो ४. राजु लामा : चोरी चोरी ५. रुपेश उप्रेती : हात समाई उत्कृष्ट पप गायन १. कमल खत्री : पिक्का २. लक्षु प्रकाश मल्ल : उहि बारीको मुला ३. कृष्ण भट्टराई : शहर ४. मेलिना राई : तिमिलाई चाहेर ५. निशा कंडेल : पिरतीको खुल्ला आकाशमा उत्कृष्ट पप गीतकार १. समिर खान : हाम्रो प्रेम कहानी २. बाबुराम राई : शहर ३. रमा थापा : माया विरानो ४. पदम विश्वकर्मा : सल्लरीको फेदैमा ५. गौतम डंगोल“सन्देश” : अर्कै साथी ६.केदार बरुवाल : तिमिलाई चाहेर उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप) १. रेखा ढुङ्गाना : मेरो मायालु २. स्नेहा थापामगर : रुखैबाट चरिउड्यो ३. स्वस्तिका ढकाल : चकलेटी स्याउ ४. मिना नेपाली : हर स्वासमा ५. सदिक्षा भुर्तेल : घाँसको भारी उत्कृष्ट नवगायक (आधुनिक/लोकपप) १. अनन्त के.सी : सानो कुरामा २. सविन सुवेदी : आज त लभपर्छ ३. डा. शैलेश कुमार मिश्र : रुपै रैछ ४. रेवती घिमिरे : जाला जोवन ५. सम्राट चौलागाई : सम्झने पानी छम्कने उत्कृष्ट नवगायक/ गायिका लोकदोहोरी १. हेमराज डाँगी : पर्खाई २. केशव रिजाल : चाँदनी ३. बाबुराम भट्टराई : लभको चक्करमा ४. संगीता पौड्याल : बस्ती स्याङ्जाको उत्कृष्ट नव मोडल (पुरुष) १. सरोज दाहाल : शहरको डेरा २. भिमकान्त धिताल : माया चोखो ३. लिलाराज बानियाँ : पहिलो पहिलो ४. अभि लामा : मर्यो भन्दिनु ५. बादल श्रेष्ठ : बाटो काटिएला उत्कृष्ट नव मोडल (महिला) १. समिक्षा क्षेत्री : दोष २. बन्दना नेपाल : खबर पाए ३. प्रमिता राजघतानी : बैंस छंदा ४. आलिशा बास्तोला : रुवाउने हजार ५. पुजा पन्त : भत्केको घर उत्कृष्ट लोकदोहोरी गायक १. स्वरुप राज आचार्य : डाँडाघरे सांइली २. पुरुषोत्तम पौडेल : ओई कान्छु ३. विमल डाँगी : मेरो हजुर ४. रामचन्द्र चन्द : मैना ५. हेमराज डाँगी : पर्खाइ उत्कृष्ट लोकदोहोरी गायिका १. लक्ष्मी मल्ल : डाँडाघरे सांइली २. सुजाता के.सी : कुरा सिधा छ ३. रमिला न्यौपाने : पिर नभाको को छ ४. सुनिता बुढा : जलजला ५. शान्तिश्री परियार : चौकादाउ उत्कृष्ट लोकदोहोरी गीतकार १. सविता पोखरेल : ढाँटे मरिजाउ २. कृष्ण के.सी : डाँडाघरे साईली ३. केशव पौडेल : रातको शिकारी ४. नेत्र अर्याल : मन परेको मान्छे ५. शिव पौडेल : अँधेरीमा जुन उत्कृष्ट लोकदोहोरी संगीतकार १. श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली २. खेम पुन : रातको शिकारी ३. खेम सेन्चुरी : मन परेको मान्छे ४. तेजश रेग्मी : झम्म झम्म झम्कन ५. बाबु कृष्ण परियार : चौका दाउ उत्कृष्ट लोकदोहोरी निर्देशन १. देबेन्द्र पाण्डे : मन बुढो भएन २. प्रविण थापा : मदानीमा नेती ३. विशाल नेपाली : मैले माया ४. बबिता श्रेष्ठ : तिम्रो हिड्ने बाटो ५. संजीव ठकुरी : राम साईली उत्कृष्ट लोकदोहोरी मोडल (महिला/पुरुष) १. राजेश हमाल : मन बुढो भएन २. चक्र बम : झम्म झम्म झम्कन ३. धिरज खत्री : भिरैमा उनियो ४. जिशु कोईराला : कसो गर्ने होला ५. सजिना लामिछाने : पैसाको विटो उत्कृष्ट ध्वनी मिश्रण १. सन्तोष पौडेल : माया केवल माय २. भोला पौडेल : कुवाको पानी ३. मनोज परियार : नयाँ गलबन्दी ४.चन्द्र चौधरी : सुनर सुनर पहिरन ५. एस्एम् सिरिज लहान : धोका हमरा कियादैलो उत्कृष्ट सम्पादन १. शक्ति प्रज्वल घिमिरे : लाईदेउ माया २. राजेश कुमार : तारी खेत ३. मिन रावल : बसी हाल्यो ४. विकाश दाहाल : दोष ५. सुप्रिम पराजुली : झम्के माया उत्कृष्ट छाँयाकार १. विरेन्द्र भट्ट : धोकेबाज २. मुकेश हुमागाई : सल्लेरीको फेदैमा ३. नरेश बहादुर अयर : रुमालैको छेउ ४. उत्सव दाहाल : किन मरिन म ५. राम के.सी : आउन नजिक उत्कृष्ट कोरियोग्राफर १. सुवास बुढाथोकी : आयो तिम्रो राजा २. सुनिता बस्नेत : भाग्य भित्र ३. काजिस श्रेष्ठ : सुर्ती माड्दै माड्दै उत्कृष्ट डेउडा भाका गायन १. रेखा जोशी : झुम्केनी बौजु २. पुष्पा बोहोरा : जौपात ३. सुर्य वि.सी : मन पण्याकी ४. कमल विरही थापा : ईजु ५. टंक खड्का : पासो जन चुडौ उत्कृष्ट डेउडा भाका मोडल १. वर्षा भण्डारी : बाचा कसम तोडी २. चेत बहादुर सिंह (राजा) : जाउ हिड धनगढी ३. उमेश भट्ट : मन पण्याकी ४. चक्र बम : ओ मेरी बौजु ५.कैलाश कठायत : झम्के मायालु उत्कष्ठ थारु भाषा गायन १. बसन्त कुमार महतो : छमक छमक जोलो पायल २. खेम चौधरी : प्रदेशीया सजना ३. राजेन्द्र शर्मा : सखिय हो ४. समिक्षा चौधरी : प्रदेशिया सजना ५. अमर राना : मै तो प्रेम करेंगे उत्कृष्ट थारु भाषा निर्देशन १. हिरा चौधरी : सुनर सुनर पहिरन २. आदर्श महतो : मोर छम्मा ३. सुरज देव कुस्म्या : प्रदेशीया सजना ४. हिरा चौधरी : एहसास मायाक ५. सदुराम दहित : कबु दिन कबु रात उत्कृष्ट थारु भाषा मोडल १. बिर चौधरी : धड्कन चले २. महिमा कुश्मी : कव दिन कबुरात ३. प्रमोद चौधरी : कंगना ४. सुनिता दहित : सखिय हो ५. देव महतो : एहसास मायाक ६. मुस्कान चौधरी : रिमझिम रिमझिम उत्कृष्ट काँठे भाका गायक १. अमृत खाती : मिरमिरे साइली २. शरणप्रसाद हुमागाईं : भिरैको खनायो ३. सुर्यमणी आचार्य : हाम्रो जोडी हिटछ ४. विक्रम जंग शाह : खोला खोल्सी ५. रुपक परियार : एक्लो बर उत्कृष्ट काँठे भाका गायिका १. अश्मिता श्रेष्ठ : शिरमा रिवन २. सरिता भारती : असारे मास ३. उमा श्रेष्ठ : मिरमिरे साईली ४. मञ्जु गौतम : चन्द्र कुमारी ५. श्रीजु अधिकारी : खोला खोल्सी उत्कृष्ट काँठे भाका गीतकार १. डब्बु क्षेत्री : असारे मास २. यादव श्रेष्ठ : जुन तारा ३. अमृत खाती : मिरमिरे साइली ४. शरण हुमागाई : खुशीलेर आउने छ उत्कृष्ट मैथली भाषा गायन १. आदित्य अजय : रमजान के महिना २. भुल्टन यादव : दिल धड्कैया ३. सुनिता शाह : हमर दिलके रानी ४. मुकेश पण्डित : बहिन के राखी हमरा ५. रिज्वान खान : सव स सुन्दर हमर गाव ६. शशि झा : सुनू सजनी ७. सोनू मिश्रा : शादी कके उत्कृष्ट मैथली भाषा गीतकार १. दिलिप शाह : तोहर गैल सजना २. समिर खान : समझु प्रेमक इशारा ३. एम जे प्रेम : बबाल लगैछी ४. सरोज मण्डल : सव स प्यारा ५. समिर खान : रमजान के महिना उत्कृष्ट मैथली भाषा निर्देशन १. सन्तोष मण्डल : सव स प्यारा २. कामेश्वर प्रदेशीया : जखने नैना मिलन ३. तेजनारायण चुनुच शर्मा : इजोरिया के ४. हुशैन शेख : धोखा हमरा ५. सञ्जय शाह : लगाक फेयर लब्ली उत्कृष्ट मैथली भाषा मोडल १. काजल भुजेल : समझु प्रेमक ईशारा २. सोनी सलोनी : तोरा विन गै रानी ३. लिजा कौशल : प्यार हमे तोरा ४. राज ठाकुर : हमर दिलकी रानी ५. अन्जन यादव : जखने नैन मिलन ६. फिरोज शेख :हम अहा के दीवाना उत्कृष्ट तामाङ भाषा गायक १. अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा २. निमा दोङ् : नेमी मुसुक्क ३. विहिन दोङ् : कसम ४. जे.बी जिम्बा : साईघरे नाम्सा ५. सन्तोष गोले : मञ्जुरी उत्कृष्ट तामाङ भाषा गायिका १. निर्मला घिसिङ : टुडीखेल री २. पुजा तामाङ : नेमी मुसुक्क ३. जितु लोप्चन : कमस ४. अञ्जु थोकर : मेर मेन्दो ५. लक्ष्मी तामाङ : चाईना जुत्ता उत्कष्ट तामाङ भाषा मोडल (पुरुष) १. अमिर दोङ : रानी २. इश्वर लामा : साईघरे नाम्सा ३. सागर घिसिङ : नेमी मुसुक्क ४. मिलन थिङ : माया ला रंग २ ५. हेरुका लामा : चम् चम ६. टिकाराज लामा : क्लाङ्सी टिला ७. पाल्देन लामा : जिन्दगी भद्रगोल उत्कृष्ट तामाङ भाषा मोडल (महिला) १. सम्झना लामा : नेमी मुसुक्क २. सुस्मा मोक्तान : रानी ३. निरंजली लामा : जुरेली भाले ४. कृष्णा लामा : हाम्रो त आँखी ५. याञ्जि दोङ् : न्यागी लव माया उत्कृष्ट नेपाल भाषा गायन १. सज्जु मानन्धर : सुचय लुमनी २. रवि कुमार महर्जन : फरेम दुनेया तस्बिर ३. तेजवती जोशी : यमाजित ४. विजेन्द्र चवाल : जिवनया छुं ई ५. सोनी राजभण्डारी : झिगु मन स्वां उत्कृष्ट नेपाल भाषा शब्द १. हरिराम ठेंचो : यमजित २. राजु मानन्धर : सुभयलमनी ३. उत्तम मानन्धर : बुलुहं बुलुहं ४. अनिक शाक्य : जिवनयाः छुंई ५. पवन जोशी : फरेम दुनेया तस्बिर उत्कृष्ट नेपाल भाषा मोडल १. रुक्साना महर्जन : भुटमाली २. शुशिल श्रेष्ठ : नगुःघाःया वासः ३. अनु महर्जन : धवजी छम्हरे ४. श्रेया कार्की : पन्तिया मकर मेला ५. रोशन शाक्य : राजमती कुमती उत्कृष्ट कल्चरल गीत १. अमृत खाती : राम साईली (काँठे भाका) २. सानुबाबु घिसिङ : आध्यू खाङबारी (तामाङ) ३. पुर्णकाजी ज्यापु : त्यँ.छिं त्यः (नेपाल भाषा) ४. सीता तुम्रुक : हिलिक हिलिक (लिम्बु भाषा) ५. प्रयास तामाङ : फाईफ्रई आलाउ (तामाङ) ६. लक्ष्मी पुरी प्रधान : माया बिरानी (नेपाली) ७. सन्तोष राज :पुनम कें चान्द (मैथली)
HOW TO VOTE VIA GLOBAL ONLINE PAY? Visit www.globalonlinepay.com Click on WEB APP/EVENTS/LIVE TAB Click on National Inclusive Music(NIM) Awards 2022 TAB Click on Award Catagory TAB
धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो ।प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएपनि मिर्गौला, मधुमेह र फोक्सोमा पानी भरिने समस्याका कारण ती महिलालाई बचाउन सकिएन ।
सेती प्रादेशिक अस्पतालमै ४ माघमा गोदावरी नगरपालिका–४ का ७५ वर्षीय पुरुषको उपाचारकै क्रममा मृत्यु भयो । कोरोनाविरुद्धको खोप नलगाएका ती पुरुष २३ पुसमा अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र संक्रमण पनि भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।त्यसको तीन दिनपछि प्रादेशिक अस्पतालमै अर्का कोरोना संक्रमितको मृत्यु भयो । २६ पुसमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालकाअनुसार उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । मिर्गौला, मुटुसम्बन्धी समस्या भएका ती पुरुष निमोनियाका बिरामी थिए ।कोरोना संक्रमणका कारण वृद्धवृद्धा मात्रै होइनन् युवाहरुको पनि मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ । तर उनीहरु मध्ये अधिकांश खोप नलगाएका र कुनै न कुनै खालको दीर्घरोगी भएका मानिसहरु बढी छन् ।
१६ माघमा अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो । ती पुरुषले पनि खोप लगाएका थिएनन् । उनी नसा र टाउकोसम्बन्धी रोगले ग्रसित थिए ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठकाअनुसार कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोन भेरियन्ट फैलिएयता अस्पतालमा उपचारका लागि पुगेका १० जना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरु मध्ये ७ जना दीर्घरोगी र कोरोनाविरुद्धको कुनै पनि खोपको मात्रा नलगाएका संक्रमित छन् भने दुई जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । मृत्यु भएका एक जना संक्रमितले भने खोपको दुवै मात्रा लगाएका व्यक्ति रहेको श्रेष्ठले बताए ।
श्रेष्ठकाअनुसार कोभिशिल्ड खोपको दुवै मात्रा लगाएकी धनगढी उपमहानगरपालिका–३ बस्ने ७४ वर्षीया संक्रमित महिलाको केही दिन अघि मात्र उपचारका क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वास सम्बन्धी बिरामी भएकी ती महिलाको मुटुमा समस्या थियो भने क्षयरोग(टीबी) पनि भएको थियो । कोरोना भाइरसको तेस्रो लहरमा धेरै मानिस संक्रमित भएपनि मृत्युदर कम हुनुमा खोपको प्रभाव भएको चिकित्सकहरु बताउँछन् ।
सेती प्रादेशिक अस्पतालको कोभिड विभाग प्रमुख समेत रहेका फिजिसियन डाक्टर शेरबहादुर कमर भन्छन्,‘कोरोनाविरुद्धको खोप लगाएका मानिसहरुमा संक्रमण भएपनि बृद्धि विकास हुन नपाउने भएकाले जटिल स्वास्थ्य समस्या भएको देखिँदैन ।’डाक्टर कमरले दीर्घ रोगीहरुलाई कोरोनाविरुद्धको खोप लगाउँदा थप स्वास्थ्य समस्या सिर्जना हुन्छ भन्ने गलत बुझाइले धेरै मानिसले खोप नलगाएको पाइएको बताउँदै त्यसैको परिणाम संक्रमितको मृत्यु भइरहेको जनाए । खोपले कोरोना संक्रमण नरोक्ने तर संक्रमण भएपछि जटिल अवस्थामा जान रोक्ने भएकाले छुटेका सबैलाई खोप लगाउनुपर्ने सुझाव उनको छ ।‘कोरोना पनि एक प्रकारको सरुवा रोग भएको कुरा तपाईं हामी सबैलाई थाहा भइसकेको छ । यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नैपर्छ,’ डाक्टर कमरले भने, ‘भ्याक्सिनले कोरोना संक्रमणबाट हुने जटिलतालाई रोक्न, शरीरमा भाइरस प्रवेश गरेपछि बृद्धि विकास हुन दिँदैन । त्यसैले सबैले अनिवार्य रुपमा खोप लगाउन आवश्यक छ ।’
काठमाडौं- कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो
‘विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने ।,’ उहाँले भन्नुभयो, ‘१२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।’कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।यसैगरी, काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ ।त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उहाँले बताउनुभयो ।
काठमाण्डौ - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’
उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’ ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो ।
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन दुई महिनाभन्दा बढी भएको छ । सर्वोच्च परिसरमा धर्ना दिँदै आएको बारले अहिले पनि हरेक दिन विहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले जबराको राजीनामा माग गर्दै आइरहेको छ ।
आन्दोलनकै क्रममा बारले मङ्सिर ६ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस क्रममा सभामुख सापकोटाले बारको ध्यानाकर्षण पत्र बुझ्दै न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्ने सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।
साथै, सपकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।
‘हामीले उहाँहरुलाई भेटेर वास्तविकताबारे जानकारी गराएका थियौं । अब त्यो कुरा अगाडि बढाउने नबढाउने उहाँहरुको कुरा हो ।’ बारका महासचिव अधिवक्ता पौडेलले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गर्यो ।’ पौडेलले जारी आन्दोलनबाट प्रधानन्यायाधीश जबराको राजीनामा मात्र नमागेको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीशको जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन र सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नुपर्ने विषय पनि उठाएको उहाँले बताउनुभयो । यद्यपि, गोलाप्रथाबाट पेशी तोक्ने माग भने पूरा भइसकेको छ । ‘यसबाहेक अरु माग पूरा गर्न प्रधानन्यायाधीशज्यू बाधक हुनुभएको छ । यसका लागि उहाँको बहिर्गमन आवश्यक छ ।,’ पौडेलले भन्नुभयो, ‘उहाँ सँगसँगै बसेर काम गर्न सक्ने अवस्था छैन ।
साथै, उहाँले न्यायपरिषद्, न्याय सेवा आयोगलगायत अन्य क्षेत्रमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार समाधान गर्दै कार्यान्वयन गर्न सक्ने अवस्था पनि देखिएन ।’ बारका महासचिव अधिवक्ता पौडेलले जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिनुहुन्न तबसम्म विरोध कार्यक्रम निरन्तर एक घण्टा जारी रहने बताउनुभयो । यस विरोध कार्यक्रमबाट नागरिकका कामहरुलाई नरोक्ने पनि उहाँले बताउनुभयाे ।