social
||Power News Asia||

आजको समाचार

सिन्धुपाल्चोक पहिरो — थप तीन शव फेला, मृतक संख्या २२ पुग्यो

सामाजिक


सिन्धुपाल्चोक — भाद्र १, २०७७। 

जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् ।

बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।

बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र, नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ताको खोजी गरिरहेको प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गत साता खसेको पहिरोले उक्त गाउँका एक सय घरधुरीमध्ये ३७ वटामा आंशिक र १७ वटामा पूर्ण क्षति भएको छ ।

मृतक र बेपत्ताका परिवारलाई सहयोग

जुगल गाउँपालिकाले पहिरोमा परी मृत्यु भएका र बेपत्ताका परिवारलाई तत्कालीन राहतस्वरूप जनही १ लाख २५ हजारको दरले उपलब्ध गराएको छ । त्यसै गरी सिन्धुपाल्चोक घेदङका अध्यक्ष रेशम स्याङ्बोले व्यक्तिगत पहलमा ३८ थान कोरियन ब्ल्यांकेट र पहिरोपीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट जुटेको एक लाख रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

(कान्तिपुर दैनिक)

लायन्स क्लबद्धारा एकै दिन ४० सेवाका कार्य सम्पन्न

सामाजिक


लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ A1 अन्तर्गत २२ वटा क्लबका साथै ९ थप अरू संस्था र एक लियो क्लब मिलेर एकै दिन ४० सेवाका कार्य सम्पन्न गरेको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ A1 ले हरेक महिनाको अन्तिम शनिवार डिस्ट्रिक सर्भिस डे मनाउॅंने योजना बनाई डिस्ट्रिकमा रहेको सम्पूर्ण क्लबहरूलाई यस महामारिको बेला आफू सुर्क्षित रही बढी भन्दा बढी सेवाका कार्यहरू गरिदिनुहुन लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ A1 को डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ ज्यु अनुरोध गर्नु हुन्छ ।

डिस्ट्रीक सर्भीस डे लाई विशेष प्राथिमिक्ता दिई २२ वटा लायन्स क्लबहरूले नेपाल प्रहरी र ट्राफिक प्रहरीका लागि काठमाण्डौंमा रहेको २५ नेपाल प्रहरी साथै ट्राफिक प्रहरीका वृत र कार्यलयहरूमा भिटामि सि जुस जस्ले कोरोना विरूद्ध केही हद सम्म लड्ने क्ष्यमता दीने जुस र खाने पानी वितरण गरेको कुरा कार्यक्रम संयोजक तथा रिजन चेयर पर्र्सन गनिका गुरूङ बताउनुहुन्छ।

कार्यक्रमा गभर्नर टंक बहादुर श्रेष्ठ र जि.एस.टि मलटिपल कोर्डिनेटर अन्नत प्रसाद भेटुवालको विशेष उपस्थिति रहेके कुरा कार्यक्रम सह-संयोजक तथा काठमाण्डौं कृयेटिभ युथकी अध्यक्ष सुजना राई बताउॅंनु हुन्छ। १६ अगष्टको दिन मै थप १६ वटा कार्यक्रम विभिन्न अनाथ तथा बाल आश्रममा एक दिने खाजा खुवाउनुको साथै कार्य भिटामिन सि जुस बितरण कार्य भएको कुरा लायन्स क्लब बुढालिन्कण्ठ नेवा पुचको अध्यक्ष तथा कार्यक्रम सह-संयोजक आयन श्रेष्ठ बताउनु हुन्छ।

अन्तिममा डिस्ट्रिको च्येर परसन तथा कार्यक्रम सह-संयोजक अनिल बुर्जा मगर भन्नुहुन्छ दिनरात घामपानी केहि नभनी जनताको सेवाको लागि खटिरहनु हुने हाम्रो नेपाल प्रहरी र ट्राफिक प्रहरीका लागि कोरोना विरूद्ध लड्ने भीटामिन सी जुस र खाने पानी वितरण कार्यक्रम भएको हो ।

सिन्धुपाल्चोकमा पहिरोले बस्ती छोप्यो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता भएको अनुमान, पुरिएका शव निकाल्नै कठिन

सामाजिक


सिन्धुपाल्चोक — श्रावण ३०, २०७७ । 

जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३८ जना पुरिएर वेपत्ता भएको अनुमान छ ।

घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन ।

नेपाली सेनाका १४ जना घटनास्थल पुगिसकेका छन् । प्रहरी भने अव आधा घण्टामा पुग्ने जानकारी प्राप्त भएको छ ।

मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भएकाले उद्धारमा ढिलाई भएको जानकारी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिनुभयो ।

सभामुख सापकोटाले लिएर गएको सेनाको हेलिकोप्टरले ४ जना घाइते सदरमुकाम चौतारा ल्याएको छ । उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

विकट बस्ती भएकाले पैदलबाट छिटो पुग्न नसकिने भएकाले हेलिकोप्टर बाहेक उद्धार सम्भव नभएको स्थानीय प्रशासनले जनाएको छ ।

(ईमेज खबर)

उपत्यकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द, सवारी पासमा कडाइ गरिने

सामाजिक


काठमाडौं — श्रावण २५, २०७७। 

आज(आइतबार)देखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द छन् ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो ।

गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो ।

पछिल्लो समय काठमाण्डौं उपत्यकाभित्र कोराना संक्रमितको संख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी गराउनुभएको छ ।

यता, उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ ।

उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौंले थप कडाइ गरेको हो ।

अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ ।

(ईमेज खबर)

कोरोना संक्रमणबाट सिरहाका २३ वर्षीय युवकको मृत्यु

सामाजिक


सिरहा, सुनसरी — सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  । 

यादवका अनुसार दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो । साउन २१ गते दिउासो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार डायलसिसकै क्रममा ती युवकको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट युवकको शव सिरहा ल्याउने तयारी भइरहेको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

सामाजिक


काठमाण्डौ - स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना सुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ ।

सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना सुरु गर्ने र त्यसको करिब दुई हप्तापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । 

सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको थियो तर पछिल्ला दिनमा जोखिम बढेकाले अन्योल उत्पन्न भएको हो । अहिले यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने स्थिति पैदा भएको छ । विद्यार्थी भर्ना गर्दा विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थी भेला हुँदा पनि जोखिम हुनसक्छ । 

विद्यालय सञ्चालनको अधिकार पालिकाको भए पनि विपद् जोखिमको स्थिति भएकाले ती तहले पनि केन्द्र सरकारको मार्गदर्शन पर्खिरहेका छन् । जोखिम कम भएका ठाउँमा सम्बन्धित तह र विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आवश्यक सुरक्षा विधि अपनाएर विद्यालय खोलाउन सकिने भए पनि हतार गरिहाल्न नहुनेमा अभिभावक छन् । 

हरेक वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुनुपर्नेमा अहिले वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भएको छ भने त्यसलाई औपचारिकता दिइ शैक्षिकसत्र गणना दिनेबारे कुनै निर्णय गरिएको छैन । गएको चैत ५ गते पनि शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको सबै तयारी पूरा गरेका बेला कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले परीक्षालगायत सबै शिक्षालय बन्दको निर्णय गरेको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कार्यविधिको तयारी भए पनि विद्यालय कहिलेदेखि पुनः सञ्चालन गर्ने भन्नेबारेमा हालसम्म तय भएको बताउँदै विपद्जन्य स्थिति भएकाले शिक्षाका निकायले मात्रै निर्णय गर्ने स्थिति नरहेको जनाउनुभयो । विद्यार्थी भर्ना नभएसम्म विद्यालयमा विद्यार्थीका आकलन नहुने, शिक्षक व्यवस्थापन गर्न असहज हुने र शैक्षिक तथ्याङ्क सङ्कलनमा बाधा हुने अन्योल पनि कायमै छ ।

मन्त्रालयले गत साता कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्नेबारे जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि तयारी रहन आग्रह गरेको थियो । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले विद्यालय पुनः सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने र परीक्षा सञ्चालन नहुने स्थितिमा यसअघि उठाइएका परीक्षा शुल्क फिर्ता हुनुपर्ने बताउनुभयो । 

महासङ्घले विद्यालय खोल्नुपूर्व अभिभावकको परामर्शमा अहिले विद्यालयमा स्थापना गरिएका क्वरेण्टीन र आइसोलेशन कक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनोसामाजिक सत्र सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचार कक्ष स्थापनासमेत गराउन सुझाव दिएको छ ।

ती सबै कार्य भएको एक हप्तापछि मात्रै विद्यालय खोल्न सुझाव दिइएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले पढाइ सुनिश्चित नभएसम्म विद्यार्थी भर्नामा नआउने भएकाले सरकारले निजी विद्यालयका लागि अनलाइन शिक्षावापत् न्यूनतम् शुल्क र शिक्षकको तलब व्यवस्थापनबारे सहजीकरण गरिदिएमा उचित हुने बताउनुभयो । 

शिक्षा मन्त्रालयले रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन गएको जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना संक्रमण

सामाजिक


काठमाडौँ — श्रावण २२, २०७७। 

नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।

(कान्तिपुर दैनिक)

पाष्टरको विश्वासमा परेर जिउँदो हुने आशामा पाँच दिनसम्म घरमै शव

सामाजिक


कैलाली — श्रावण २१, २०७७। 

टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ ।

स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो ।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो ।

शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी हुनुहुन्थ्यो । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो ।

मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिनुभएको छ ।

पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा हुनुहुन्थ्यो । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै हुनुहुन्थ्यो तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउनुहुन्छ ।

पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताउनुभयो ।

मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

(रासस)

शक्तिशाली बन्दै काभ्रेमा कांग्रेस,मान बहादुर तामाङलाई प्रतिनिधिसभा दुइको उपसभापतिमा मनोनित

सामाजिक


काठमाडौ:नयाँ युग नयाँ नेतृत्व पार्टी पुरानो मान्छे नयाँ बच्चै देखि नरम स्वभाव लगनशीलता अनि केही गरौ देश जनता र समाजको निम्ति केही न केही सोच लिइ रहने निरंकुशता शासन, बिकृती, बिसङ्गती बिरुद्ध लडाइँ लढदै आफुलाइ समाजमा उभ्याउन सफल सक्षम ब्याक्ती हुन ।

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न,१ स्थित कोट्याङ गाउमा जन्मिएका मान बहादुर तामाङ उनी अहिले मात्रै होइनन बाल्यकाल देखि नै चर्चामा आइ रहन्छ-तत्कालीन नेकपा एमालेको क्षेत्रीय अध्यक्ष समेत रहेको तामाङ गत स्थानीय चुनाब पश्चात् उनी नेपाली कङ्ग्रेसमा प्रबेश गरेका थिए ।

उनी नेकपा एमाले बाटै पार्टी बाट सन्यास लिने सोच गरिरहेका तामाङले कहिले पनि पद को पछि परेनन राजनितीमा उनी भन्द पछिका गोकुल बास्कोटा मन्त्री भै सकेका छन ,बास्कोटा त प्रतिनिधि पात्र मात्रै हुन तामाङ भन्द जुनिएर थुप्रै नेताहरुले पदको लागि उनलाइ पछि पारी सकेका छन , उनी भने देश र जनताको निम्ति लडिरहे,छोटो समयमानै उनको क्षेमता लेखा जोखा गर्न सक्नु नेपाली कङ्ग्रेसको लागि मात्रै नभै काभ्रे र पाँचखाल बासिलाइ समेत बिश्वास गरेको हुनु पर्छ उनै तामाङलाई अहिले नेपाली काँग्रेस प्रतिनिधिसभा दुई को समायोजन पछिको पहिलो बैठक पूर्व राज्य मन्त्रि कन्चन चन्द्र बादे को सभापतित्वमा सम्पन्न भएको उक्त बैठकमा जिल्ला सभापति मधु प्रसाद आचार्य समेत उपस्थिति रहेको थियो।

 

वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाईदै

सामाजिक


काठमाडौं —  श्रावण २०, २०७७। 

काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।

यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

कोभिड – १९ को संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा विचार पु¥याउनुपर्ने अवस्था रहेका छ ।

सरकारले बालबालिका र जेष्ठ नागरिकलाई भिडभाडमा नल्याउन भनेपछि यसपटको गाईजात्रा विगतमा जस्तो नहुने भएको छ ।

गाईजात्राको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

(ईमेजखबर)