social
||Power News Asia||

आजको समाचार

मिस एरोमा द्धारा मृगौला पिडितलाइ सहयोग

सामाजिक


रत्ननगर । मृगौला पिडित सुस्मिता ब्लोनलाइ नगद ४० हजार सहयोग प्रदान गरिएको छ । मिस एरोमा चितवन र मिष्टर एण्ड मिस चितवन एसइइ व्याच २०२० ले सुस्मिताको उपचारको लागी भन्दै सो रकम उपलव्ध गरेको हो । फरमर मिस एरोमा चितवन इशा प्रधानले नेतृत्वगदै नगद सहयोग संकलन गर्नु भएको मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताउनु भयो । २०१३ देखि मिस एरोमा चितवनका सहभागिहरुले समेत सुस्मितालाइ सहयोग गरेका थिए । सहयोग रकम हस्तान्तरण गदै मिस एरोमा चितवन इशा प्रधानले हिम्मत नहार्नका लागी अनुरोध गरेकी थिइन । पछिका दिनमा समेत आवश्यक परेमा सहयोग गर्ने बताइन । कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलले चितवनका सवै इभेण्ट अर्गनाइजरले सुस्मितालाइ सहयोग गर्नुपर्ने बताउनु भयो । मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइका सहभागीहरुले आफैले चटपट बनाएर बेचेका थिए । सो टाक्स वाट संकलन भएको रकम सुस्मितालाइ सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तरणमा रेडियो चितवनका बजार प्रमुख तिलक थापा मगर, वैकर निशा प्रधान , इन्जिनियर उत्र्कष श्रेष्ठ, व्यवसायी मुक्ति घिमिरे लगायतकाले बोल्नु भएको थियो । सुस्मिता विगत ७ महिना देखि मृगौला पिडित हुनुहुन्छ । उहाको अहिले निशिुल्क डायलिस भइरहेको उहाको परिवारले बताए । यहि कारण सुस्मिता दुवै आखा गुमाएकि छिन ।

ड्रिम सर्च एजेनसीका मोडल शेरप ग्याल्त्सेन लामा क्याटवाक गर्दै बसन्तपुरमा

सामाजिक


गत सोमबार, सधै र्याम्पमा देखिने ड्रिम सर्च एजेनसीका मोडल शेराप ग्यल्त्सें लामा र नेपाल का अन्य मोडलहरु अकस्मात् बसन्तपुरमा देखिए, क्याटवाक गर्दै । यो कुनै प्रतियोगिता थिएन । नत कुनै फेसन सो नै थियो । सधै आम मानिसहरु ओहोर दोहोर गरिरहने यस ठाउँमा आजको दृश्य भने केहि फरक थियो । बसन्तपुर डबलीमा उनीहरु बिरालो चालमा हिंड्दै सरकारलाई खबरदारि गरिरहेका थिए । कोहि मेकअपमा थकित तथा पिडित जनताको मुखाकृति बनाउँदै हिंडेका थिए भने कोहि पाँच सय रुपैयाँको नोटलाई मास्क जस्तै लगाएर ।  केहि मोडलहरुले बसन्तपुरकै एउटा कुनामा आमरण अनसन बसिरहेका ईनफ ईज ईनफ आन्दोलनका अभियन्ताहरुसंग प्लेकार्डहरु सापट मागे । ति प्लेकार्डहरुमा लेखिएको थियो – सरकार तिम्रो हातमा रगत ! हामि तिमिलाई छाड्ने छैनौ । आर डि टि जाँच रोक ! कोभिड १९ विरुद्ध प्रथम रेखामा खटिनेहरुलाई सुरक्षाको प्रत्याभूति गर ! अनि ति प्लेकार्डहरु समाउँदै मोडलहरु चुपचाप आफ्नै लवजमा डबलि फन्को मार्न सुरु गरे । यो बास्तवमा विरोधको अनौठो शैलि थियो । हातमा स्लाईन पानी चढाईरहेका अनसन बस्नेहरु समेतले उनीहरुलाई हेरेका थिए । यो उनीहरुका लागि उर्जा थियो । उपस्थित १५ जना मोडेलहरु उनीहरुकै आन्दोलनमा होस्टेमा हैंसे गर्न त्यहाँ पुगेका थिए । सरकारले  गरेको  कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध । हामिले पाँच सयको नोटले मुख छोपेका मोडल शेरप ग्याल्त्सेनलाई सोध्यौ, “तपाईंको विरोधको विम्बात्मक संकेत के हो ?” ‘पैसाले विरोधका स्वरहरु रोक्न सक्छ’, उनले सटिक जवाफ दिए । केहि दिन यताबाट राजधानि काठमाण्डौमा कोरोना संक्रमितहरु क्रमिक बढिरहँदा सत्ताधारी पार्टी नेकपाका प्रमुख नेताहरु पद र शक्तिको लडाईंमा व्यस्त छन् ।

News Source/NewsCopy:- Simrik Khabar

मुस्ताङसंँग सडक सम्पर्क टुट्यो

सामाजिक


बलेवा — श्रावण १५, २०७७।
 
बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । 

सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र प¥यो । “हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ”, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भन्नुभयोे, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।” 

जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्टनै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उहाँले भन्नुभयो, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।” सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ । सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । 

“खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भन्नुभयो, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।” मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो”, प्रजिअ अर्यालले भन्नुभयोे, “कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।” सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । “किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ”, उहाँले भन्नुभयो, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो । मुस्ताङको आलु पोखरा, काठमाडौँलगायतका ठूला शहरमा निर्यात हुन्छ । “भण्डार गरेर राख्दा किसानलाई फाइदा हुँदैन, गाजर कुहिने सम्भावना छ”, उहाँले भन्नुभयो, “यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।” ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन” अध्यक्ष थकालीले भन्नुभयो, “स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।” मौसम सफा भए जहाजमा आउजाउ महँगो भाडा तिरेर गर्न सकिने भए पनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उहाँको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको सङ्घका अध्यक्ष तुलाचन बताउनुहुन्छ ।

(रासस)

समाजसेबी तथा व्यावसायि अधिकारिको अर्को छलाङ

सामाजिक


बिगत २२ बर्ष देखि जापानमा बसोबास गर्दै आउनु भएका स्थायी घर धादिङ भएका समाजसेबी तथा व्यावसायि केसब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्येमा अग्र स्थानमा रहेका छन, ! जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट ( इजागया) बाट व्यावसाय सुरु गर्नु भएका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दस मिनेटको दुरिमा रहेका कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्येमा अहिले सम्मकै सबैभन्दा ठुलो २५० भन्द बढी क्यापसिटी रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएउनु भएका छन,भने उहाँले ५०/६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आउनु भएको छ , उक्त रेस्टुरेन्टमा नेपाली कला सस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सास्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ,नेपालमै रहेको अनुभुती दिलाउने रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले बताउनु भयो ! विशेष गरि नेवारी खानाका साथमा थकाली खाना नेपाली स्वादका परिकार हरु पाउनुका साथै नेपाली कला सस्कृती झल्किने लाइभ लोकदोहोरिको साथमा रम्न रमाउन पाइनेछ ! दस एघार बर्षा जापानीज कम्पनीमा काम गरेका कारण जापानमै नेपाली रेस्टुरेन्ट खुलाएको उनले बताउछन् , स्वच्छ ,सुन्दर पारिवारिक बाताबरणमा खुलेको उक्त रेस्टुरेन्टमा नेपाली हरुको मागलाइ ध्यानमा राखी रेस्टुरेन्ट भित्रै रेमिटेन्स सुबिधा संगै हलाल फुड दाल,चामल,चिनी,खसिको मासु लगाएत थुप्रै सर सामनहरु उपलब्ध गराएका छन ! व्यावसायि तथा समाजसेबि अधिकारीले नेपाली नारिहरुको महान चाड हरि तालिका तिजलाइ लक्ष्यित गरि कामतामा रहेको चौतारो रेस्टुरेन्टमा बहस तथा तिज कार्यक्रम सार्बजनिक गरेका छन ! उक्त तिज विशेष बहस तथा कार्यक्रममा सम्पुर्ण जापानमा रहनु भएका दिदिबहिनीहरुलाइ चौतारो रेस्टुरेन्टमा सहभागिताको लागि अनुरोध समेत गरेका छन !

अभिनेत्री नितु सहित ११ जना नेपालीलाई अन्तर्राष्ट्रिय पीस अवार्ड

सामाजिक


काठमाण्डौँ, साउन,  दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन ।

वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस अफ इन्डियाले यी नेपालीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत सो पुरस्कारले पुरस्कृत गरेको हो ।

हालै चलेको बिषम परिस्थितिका कारण अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो ।

पुरस्कृत हुनेहहरुमा नेपालकी महिला संगीतकार रेखा पौडेल, अभिनेत्री तथा मोडल नीतु कोइराला, वरीष्ठ कलाकार तथा चरित्र अभिनेत्री बिमला गिरी, वरीष्ठ कलाकार शर्मिला शर्मा , अभिनेत्री सम्भयता गिरी, गायिका तथा समाजसेवी इन्दिरा भट्टराई, सञ्चारकर्मी राज लुईटेल, सञ्चारकर्मी गीता अधिकारी, विजनेस वुमन सुशिला थापा, समाजसेवी तथा शिक्षक सुशिला गौतम, समाजसेवी तृष्णा गुरुङ छन्

फ्लाईटेकइन्टरनेसनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगरसाथै लियो क्लबको आयोजनामा रक्तदान

सामाजिक


काठमाडौं । सामाजिक उत्तरदायित्व र समाज सेवाको भावनाले फ्लाईटेक इन्टरनेसनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगरसाथै लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोनो भाइरस(कोभिड-१९)को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा राखेर रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने भएको ले सामाजिक दूरी कायम गरि शिविर अयोजना गरिएको फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक नाजिर हुसैन ले जानकारी दिए। नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल को चुच्चे पाटी अवस्थित केवल टावर परिसरमा भएको शिविरमा ४०जनाले रत्तदान गरेका थिए। कार्यक्रममा क्लबका फाउन्डर पेसिडेन्ट अमीत थापा,जोनचियरप्रशन माधव लामिछाने,कोषाध्यक्ष निर्मला तामाङ,सचिव निशु झा,समाजसेवी देवी दत्त खरेल,शिवहरि खनाल लगाएतको उपस्थिति थियोे ।

६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम स्थगित

सामाजिक


असार २५ । कोरोना करहले दैनिक खान नपाएका पिडितलाई बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले नियमित खाना खुवाउँदै आइरहेका थिए ।

यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका थिए । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस महान् कार्यका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने सबैलार्ई शिवले धन्यवाद दिएका छन् ।

आउँदा दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शिवको भनाई छ । बुढानिलकण्ठ मन्दिर परिसरमा यदि स्थान उपलब्ध भएमा भण्डाराको रुपमा आउँदा दिनमा पनि यसले निरन्तरता पाउनले उनले बताए ।

यस कार्यका लागि दैनिक अर्जुन गिरी, सगुन श्रेष्ठ, टोनी उदास, राजु लामा, सुमन सुनुवार, गणेश ठकुरी, सन्तोष तामाङ, विनोदकुमार दास, अर्जुन लुइटेल, सुमन तमाङ कुमार लामा, सुनु लामा, किरण लामालगायतले सहयोग पुर्‍याएको शिवले जानकारी गराए ।

कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

सामाजिक


काठमाडौं, २५ असार - कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोर्हखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि "हेल्पिंग हाण्ड" अर्थत "सहयोगी हात" नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिनसम्म गरेका थिए । यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकण्ठ, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्र याक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ । रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक कार्यहरु तथा च्यारीटी उन्मुख कार्यक्रमहरुमा आवद्ध हुँदै आएको छ ।

यसले अन्तराष्ट्रिय सामाजिक विकासका संस्थाहरुसँगको सहकार्यमा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको पनि छ । कोरोनाको कहर रहदा पनि समाजिक दायित्वलाई आत्मसात गर्नुपर्ने मुख्य हेतुले यो कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको सफलताको मुख्य श्रेय रोटरी क्लब अफ काठमाडौँ मिड टाऊनकी डा चन्द्र लेखा तुलाधरलाई जाने र उनको यो साथको लागी रोट्रयाक्ट क्लबको प्रतीनिधित्व गर्दै रोट्रयाक्ट क्लब काठमाडौं मिड टाउनकी अध्यक्ष सोनी खनालले आभार प्रकट गर्दै निकट भविष्यमा अन्य कार्यमा पनि सहकार्य जनाउने प्रतिबद्धता ब्यक्त गरिन ।साथै महामारीको यस्तो समयमा पनि समाजमा सहयोगी भावना राख्ने आफ्ना क्लबका साथीहरु प्रति कृतज्ञता ब्यक्त गर्दै सबै युवा वर्गलाई प्रेरित हुन आग्रह गरेकी छिन् ।

एकै दिनमा १४ समाज सेवाका कार्यहरू

सामाजिक


एकै दिनमा १४ समाज सेवाका कार्यहरू लायन्स क्लब अफ काठमाण्डौ कृयेिभ युथ र लियो क्लब अफ कृयेटिभ युथले जुलाई १-तारिको दिन एकै दिनमा १४ समाज सेवाका कार्यहरू गरेको थियो। ४ वर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले जुलाई १ तारिका दिन लायन सन्जय खेम्वानको नेतृत्वमा ८०० भन्दा बढी मानिसहरूलाई खाना खुवाएको थियो। यसैगरी थर्मगन र KN95 मास्क हिमालय बृद्धा आश्रम, दुईवटा विधालय हाडीगाॅंउ ,पर्यटन पुलिस, बसन्तपुर र हनुमान ढोका संरक्षण कार्यलयलाई हसतान्तरण गरेको थियो।

टोखामा १७ परिवारलाई राहत वितरण गर्नुका साथै ३ वटा फरक- फरक रक्त दान कार्यक्रम गरी १७८ पिन्ट व्लड कलेक्सन गरेको छ। लायन्स र लियो मिलेर ४० भन्दा बढी सडक कुकुरहरूलाई खाने कुरा खुवाउॅंदै बाल मन्दिर बाल आश्रममा फलफुल सहयोग गरेको थियो। यसैगरी हिमालय बृद्धा आश्रममा बुढा आमा बाबाहरूलाई खाना खुवाउॅंने कार्य समेत भएको थियो।

बसन्तपुरको रक्तदान कार्यक्रमा प्रमुख अतिथि मान्निय राज्य मन्त्री रनविर मानन्धर ज्यूलाई बिशेष अतिथि आदरणीय डि. जि. लायन टंक बहादुर श्रेष्ठ ज्यूको हातबाट सम्मान गरिएको थियो र त्यही कार्यक्रममा प्रमुख अतिथि मान्निय राज्य मन्त्री रनविर मानन्धर ज्यू र बिशेष अतिथि आदरणीय डि. जि. लायन टंक बहादुर श्रेष्ठ ज्यूको हातबाट वरिष्ट्ठ ऱ्यापर तथा समाज सेवक निर्णय श्रेष्ठ ( NSK) ज्यु ीलाई सम्मान गरिएको थियो भन्ने जानकारी क्लब अध्यक्ष सुजना राई दिनुहुन्छ।

क्लब अध्यक्ष सुजना राई भन्नु हुन्छ संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरका सहयोग र लिडरसिपको कारण एकै दिनमा १४ समाज सेवाका कार्यहरू गर्न सफल भयौं। क्लब कोसादक्क्ष्य नविन गुरुङ को हरेक कार्यमा महत्वपूणॅ भूमिका रहेको थियो र अन्तिममा क्लब अध्यक्ष सुजना राई भन्नु हुन्छ आउॅंने दिनहरूमा विभिन्न सेवाका कार्य समाजमा क्लबले पुऱ्याउॅंने प्रतिबद्दत्ता गर्दछु ।

५सय वर्ष पुरानो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा गोर्खाका स्थानीय

सामाजिक


काठमाडौ
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङदीका स्थानीयवासीहरु अहिले करिब  ५सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले भरिपूर्ण एसियाकै सबैभन्दा ठुलो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा जुटेका छन । आफ्ना बाजे बराजुको पालादेखि अहिलेसम्म दिनप्रतिदिन रुखको हाँगा बढेर थप झयाङगीएर विसाल बन्दै गरेको गण्डकी प्रदेशको गोर्खास्थित गण्डकी गाउँपालिका–३ फुजेल याङदीको यस समिको रुखले अहिले करिब २० रोपनी क्षेत्रफलको भूभाग ओगटेको छ । 
अझै थप हाँगा फैलिएर यस रुखले वरीपरिका व्यत्तिगत जग्गा समेत ढाक्न पुगेको छ । आगामी दिनमा यस रुख फैलिएर ढाकेको अन्य निजी जग्गाहरुलाई पनि विस्तारै अधिकरणगरि संरक्षण गर्दै जानुपर्ने अवस्था आएको त्यहाँका स्थानीयवासीहरुको भनाई छ । उनीहरुले अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा संरक्षण हुँदै आएको यस समिको रुख र नजिकैको सत्यदेवीमाईको मन्दीरलाई थप व्यवस्थित र संरक्षण गर्नकालागि गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकाले केही सहज भएको बताएका छन ।  
त्यहाँका स्थानीय समाजसेवी एवं समिको रुख संरक्षण समितिका अध्यक्ष सुनविर श्रेष्ठले गण्डकी गाउँपालिकाबाट प्राप्त सो बजेटले समिको रुख र मन्दिरलाई व्यवस्थित रुपले संरक्षण गर्न ग्याबिन जालि बनाउने, रिटेनिङवाल निर्माण र सिँडी निर्माणको काम सम्पन्न गरेको जानकारी दिए । केही भिरालो जमिलनाई समतल र फराकिलो बनाई सम्भावित पहिरो एवं भूक्षयबाट बचाउनकालागि यस्तो काम गरिएको बताउँदै समितिका अध्यक्ष श्रेष्ठले भने, ‘हामीले अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाउने लक्ष्य लिएका छौं’।  
उनले धार्मिक एवं पर्यटकीय स्थलको प्रचुर सम्भावनाले भरिएको यस ऐतिहासिक ठाउँलाई थप व्यवस्थित बनाउन अहिले यहाँका स्थानीयवासी, सम्बन्धीत स्थानीय निकाए एवं गाउँपालिकाको सामुहिक प्रयासमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारपारि पूर्ण रुपमा सम्वद्र्धन गर्नु सम्पूर्ण निकाएको ध्यानाकर्षण हुनुपर्ने माग गरिएको बताए । उनले अहिले यहाँका सबै स्थानीयको चाहना पनि यस्तै भएकाले अब प्रदेश र केन्द्रिय सरकारले पनि थप सहयोग गरिदिदिन्छ भन्नेमा आफुहरु आशावादी रहेको बताए । 
सोही ठाउँका व्यवसायी तथा समाजसेवी राजाराम थापा र रामकुमार श्रेष्ठको संयोजकत्वमा अहिलेसम्म भएका पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो । उनीहरुले यहाँका सम्पूर्ण स्थानीयवासीको साथ र सक्रिएताले नै अहिलेसम्म भएका संरचना निर्माणको काममा सफलता मिलेको बताए । 
करिब पाँचसय वर्ष पुरानो यस समिको रुख नजिकैको सत्यदेवीमाईको मन्दीरमा दर्शन गर्नाले चाहेको मनोकांक्षा पुरा स्थानीयवासीको कथन छ । यहाँको मन्दिर स्थापना गर्नुअघि गाउँको एक सातवर्षकी बालिकाले देउता भट्टाएपछि स्थानीयले मन्दिर बनाएको उनीहरुको भनाई छ । तत्कालिन गोर्खाका राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले पनि बाइसे चौविसे राज्यलाई एकिकरण गर्ने क्रममा यही समिको रुपमा आएर बेलाबेलामा सितल ताप्ने गर्दथे भन्ने यहाँका स्थानीयवासीहरुको कथन छ । त्यसबेला पनि पृथ्वीनारायण शाहले यही ठाउँमा आएर आफुले इच्छाएको काम पुरा होस भन्ने कामना गर्दथे भन्ने जानाकारहरुले सुनाउँदै आएका छन । 
गण्डकी गाउँपालिकाले दिएको बजेटबाट अहिलेको निर्माणका काम सम्पन्न हुनु अघिसम्म  यस रुख र मन्दीरलाई स्थानीय पारिजात महिला÷आमा समुहले संरक्षण गर्दै आइरहेका थिए ।  अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाई विश्वमाझ चिनाउन यहाँका स्थानीयवासीले गरिरहेको प्रयासमा प्रदेश र केन्दीय सरकारबाट थप आर्थिक सहयोग भइदिएको खण्डमा धेरै राम्रो हुने अधिकाँशको भनाई छ । उनीहरुले अब यस ठाउँलाई गण्डकी प्रदेशले पनि विशेष महत्वका रुपमा हेरिदिनुपर्ने माग गर्दै आएका छन ।